सोनी एक्सेरिया टेन३ स्न्यापड्रागन ६९० र ट्रिपल क्यामरा सेटअपसहित आउने

Technology Khabar २ बैशाख २०७८, बिहीबार

सोनी एक्सेरिया टेन३ स्न्यापड्रागन ६९० र ट्रिपल क्यामरा सेटअपसहित आउने

काठमाडौं ।

सोनीको एक्सपेरिया टेन३ स्न्यापड्रागन ६९० चिपसेट र ट्रिपल क्यामरा सेटअपसहित आउने भएको छ। हालै आएका एक्सपेरिया वन३ र एक्सपेरिया फाइभ३ सँगै सोनीले यो मध्यम स्तरको फोन सार्वजनिक गरेको हो।

यसको नामबाट नै यो सन् २०१९ मा आएको एक्सपेरिया १० को तेस्रो अपडेटेड भर्जन हो भन्ने बुझ्न सकिन्छ। यो फाइभजी कनेक्टिभिटी भएको पहिलो मध्यम स्तरको स्मार्टफोन पनि हो।

यसमा एचडीआर १० सपोर्ट सहितको ६० हर्ज रिफ्रेश रेट भएको ६ इन्चको ओएलईडी डिस्प्ले दिइएको छ। सोनीले आफ्ना अधिकांश फोनमा झै २१:९ को आस्पेक्ट रेशियो दिए पनि फोनको साइज भने ३ मिलिमिटर छोटो बनाउन सफल भएको छ। यस्तै चाैडाइ पनि १ मिलिमिटर कम गरेकाले यो फोन कम्प्याक्ट साइजको रहेको र चलाउन सहज हुने कम्पनीको दावी छ।

यसको पछाडिपट्टि र डिस्प्लेको सुरक्षाका हिसाबले गोरिल्ला ग्लास ६ लगाइएको छ। यसमा पानी नछिर्ने आईपी ६५/६८ तथा एलडीएसी र हाइ रेजोल्युशन अडियो सपोर्ट सहितको हेडफोन ज्याक पनि उपलब्ध छ।

क्यामराको कुरा गर्दा यसमा १२ मेगापिक्सेलको मुख्य क्यामरा तथा २७ मिलिमिटर बराबरको लेन्सका साथमा ८ मेगापिक्सेल अल्ट्रावाइड र ५४ मिलिमिटर बराबरको लेन्ससहितकव अर्को ८ मेगापिक्सेल टेलिफोटो सेन्सर लगाइएको छ।

यसका साथै अन्य प्रिमियम एक्सपेरिया स्मार्टफोनमा भएको जस्तै हरेक शटमा अटो एक्स्पोजरसहितको १० फ्रेम प्रतिसेकेन्डको बर्स्ट फिचर पनि दिइएको छ।

easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार