माइक्रोसफ्टले नुआन्स कम्युनिकेशन्सको स्वामित्व अधीनमा लिने

Technology Khabar ३० चैत्र २०७७, सोमबार

माइक्रोसफ्टले नुआन्स कम्युनिकेशन्सको स्वामित्व अधीनमा लिने

काठमाडौं ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स संस्था नुआन्स कम्युनिकेशन्सको स्वामित्व अधीनमा लिन उक्त कमुपनीसँग छलफल गरिरहेको बुझिएको छ।

नुआन्स कम्युनिकेशन्सकै बोली चिन्ने प्रविधिमा आधारित भएर एप्पलको भर्चुअल असिस्टेन्ट सिरिको विकास गरिएको थियो।

माइक्रोसफ्टले उक्त कम्पनी आफ्नो अधीनमा लिन  १६ अर्ब डलर तिर्ने बताइएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिइएको जानकारीमा १६ अर्ब डलर मूल्याङ्कन भएको उक्त प्रस्तावअनुसार नुआनसको मूल्य प्रति शेयर ५६ डलर हुन आउनेछ। यो रकम उक्त कम्पनीको गत शुक्रबार क्लोजिङका बेला रहेको मूल्यमा २३ प्रतिशत प्रिमियम थपिएपछिको रकम बराबर हो।

यी दुईबीचको समझदारीको आधिकारिक खबर सोमबारसम्म आउने अपेक्षा गरिएको छ।

ब्लूमबर्गलाई एउटा विश्वासिलो स्रोतले बताए अनुसार यी द्ई बीचको छलफल चलिरहेको र यसको परिणाम सकारात्मक वा नकारात्मक जे पनि आउन सक्नेछ।

नुआन्सको आर्टिफिसियल इन्टेलिजेन्स तथा स्पीच रिकग्निशन सफ्टवयर एप्पलको भ्वाइस असिस्टेन्ट सिरि बाहेक हेल्थकेयर देखि अटोमोटिभसम्मका विभिन्न संस्थाहरुले प्रयोग गर्दै आएका छन्।

easy care

प्रकाशित: ३० चैत्र २०७७, सोमबार