जब माइक्रोसफ्टको लापरवाहीको कारणले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा पर्यो

Technology Khabar १५ माघ २०७६, बुधबार

जब माइक्रोसफ्टको लापरवाहीको कारणले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा पर्यो
Global IME Bank

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टको लापरवाहीको कारणले उसको प्लेटफर्मबाट करिब २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्ति जारी गर्दै उसले आफ्नो गल्ती सच्याएको छ र अहिले प्रयोगकर्ताहरुको डाटा सुरक्षित रहेको पनि जनाएको छ ।

माइक्रोसफ्टको यस लापरवाहीलाई रिसर्च टिम बब डियान्चको कम्पेरिटेकले सर्वप्रथम रिर्पोट गरेको हो । रिर्पोटकोअनुसार लीक भएको डाटा माइक्रोसफ्टको कस्टमर सर्पोट र कस्टमरका बिच भएको कुराकानीहरु हो । यो कुराकानी माइक्रोसफ्ट र कस्टमरका बिच सर्पोटको विषयसँग सम्वन्धित रहेको छ ।

रिर्पोटकाअनुसार माइक्रोसफ्टले यस डाटाको सर्भरलाई बिना सेक्योरिटी राखेको थियो जसलाई जो कोहि प्रयोगकर्ताले आफ्नो वेब ब्राउजरबाट एक्सेस गर्न सक्दथे । सेक्योरिटी टीम बब डियान्चेको आफ्नो रिर्पोटमा लीक भएको डेटामा २००५ देखि २०१९ सम्मको कस्टमर लग रहेको दाबी गरेको छ । यस लापरवाहीको लागी माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरुसँग माफी मागेको छ र भविष्यमा यस्तो गल्ति नदोहोरिने आश्वासन दिएको छ ।

कम्पनीले असुरक्षित डाटाबेसलाई ३१ डिसेम्वर २०१९ देखि सेक्योर गरिएको पनि जनाएको छ । माइक्रोसफ्टको साइवर स्पेस सोलुसन ग्रुपले एक बयान जारी गर्दै माइक्रोसफ्टका कुनैपनि प्रयोगकर्ताको निजी डाटामाथी कुनैपनि प्रकारको दूरुपयोग नहुने दाबी गरेको छ ।

माइक्रोसफ्टले लीक भएको डाटाबेसमा माइक्रोसफ्टको सेक्युरिटी ग्रुपले गलत कोड एप्लाई गरिएको थियो जसको कारण माइक्रोसफ्टको सर्पोट टिमको यस डाटा सर्भर खुला भएको थियो हाल यसलाई ठिक गरिएको बताएको छ । माइक्रोसफ्टबाट डाटा लीक भएको यो पहिलो घटना भने होइन, यसअघि २०१३ मा ह्याकरहरुले माइक्रोसफ्टको डाटाबेसबाट डाटा ह्याक गरेका थिए । एजेन्सी

Sajilo Visa

प्रकाशित: १५ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया