माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाध्यो

Technology Khabar १९ माघ २०७६, आईतवार

माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाध्यो
Global IME Bank

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा १ अर्ब मेसिनहरुमा सो सिस्टम प्रयोग भईरहेको जानकारी दिएको छ ।

कम्पनीको यो डेस्कटप अपरेटिंग सिस्टम विश्वमै सबैभन्दा धेरै प्रयोगहुने सिस्टममा पर्दछ र अन्य अपरेटिंग सिस्टमहरु म्याकओएस र लीनक्स यो भन्दा धेरै पछाडि रहेका छन्।

गएको सेप्टेम्बर मात्र माइक्रोसफ्टले ९० करोड भन्दा बढि यूजर्स विश्वभर रहेको जानकारी दिएको थियो । भने केबल ५ महिनाभित्र कम्पनीले १ अर्ब यूजर्स पुगेको घोषणा गरेको हो ।

यो जानकारी माइक्रोसफ्टको इटालियन साइटबाट आएको हो जहाँ कम्पनीले ‘विलियन थ्यांक’ यूजर्सलाई दिएको छ ।

सन् २०१५ मा माइक्रोसफ्टले आफ्नो विण्डोज १० लन्च गरेको थियो । त्यसबेला कम्पनीले २ देखि ३ वर्षमा नै १ अर्ब प्रयोगकर्ताहरु हुने अनुमान गरेको थियो ।

यो प्रयोगकर्ताहरुको संख्यामा पर्सनल कम्प्यूटरहरुदेखि ट्याबलेट, एक्सबक्स वन गेम कन्सोलहरु समावेशछन् ।

माइक्रोसफ्टले हालै मात्र आफ्नो पुरोना विण्डोज ७ भर्सनको सेक्यूरिटी अपडेट नआउने घोषणा गरेको थियो भने विण्डोज ७ बाट विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधा दिएको छ, जसले गर्दा कम्पनीलाई प्रयोगकर्ताहरुको संख्या बढाउन सहयोग पुगेको हो । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १९ माघ २०७६, आईतवार