एन्ड्रोयड स्मार्टफोनमा अबदेखि माइक्रोसफ्टको यो एप प्रयोग गर्न नसकिने

Technology Khabar १७ माघ २०७६, शुक्रबार

एन्ड्रोयड स्मार्टफोनमा अबदेखि माइक्रोसफ्टको यो एप प्रयोग गर्न नसकिने

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो विन्डोज ७ को सर्पोट बन्द गरेको छ र कम्पनLले आफ्नो अर्को एक सर्भिस बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले एन्ड्रोयड र आईओएसको लागी आफ्नो भर्चुअल असिस्टेन्ट कोर्टानालाई बन्द गर्ने कुराको पुष्टि गरेको छ ।

कम्पनीले एन्ड्रोएडको लागी आफ्नो लन्चर एप (माइक्रोसफ्ट लन्चर एप) बाट यसलाई ३१ जनवरीदेखि हटाउने भएको हो । कम्पनीले यो एप अब अमेरिकामा मात्रै चल्ने बताएको छ ।

माइक्रोसफ्टको सर्पोट पेजबाट पाइएको जानकारी अनुसार कम्पनीले ३१ फरवरीदेखी भारत, अस्ट्रेलिया, क्यानडा, चीन, जर्मनी, मेक्सिको, स्पेन र इंग्ल्यान्डबाट कोर्टना एपको सर्पोट बन्द गर्ने भएको हो ।

कोर्टना टिमका लिडर एन्ड्रयु शमेनले कोर्टना मोबाइल एपको सर्पोट अमेरिका बाहेक अन्य देशमा नहुने बताएका छन । शुमेनले अमेरिकामा प्रयोगकर्ताहरुले हाल हेडफोन अपरेशन्सलाई म्यानेज गर्नको लागी कोर्टना एपको प्रयोग गर्ने गरेको र यदि प्रयोगकर्तासँग सरफेस हेडफोन छ भने उनिहरुले कोर्टना एप प्रयोग गर्न सक्ने बताएका छन्।

के हो कोर्टना ?

माइक्रोसफ्टले एन्ड्रोएड र आईओएसको लागी कोर्टनालाई २०१५ मा लन्च गरेको थियो । र यसलाई विन्डोज १० र मोबाइलको लागी डिजाइन गरिएको थियो । कोर्टना माइक्रोसफ्टको आर्टिफिशियल इन्टेलिजेन्स सफ्टवेयर हो जुन कम्प्युटर र मोबाइलमा मानिसहरुका लागी डिजीटल असिस्टेन्टको रुपमा काम गर्दछ । अर्थात यसले गूगल असिस्टेन्टको जसरी नै काम गर्ने गर्दछ । एजेन्सी

easy care

प्रकाशित: १७ माघ २०७६, शुक्रबार