माइक्रोसफ्टले आईओएस र एन्ड्रोयडका लागि आफ्नो एन्टिभाईरस एप ल्याउँदै

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

माइक्रोसफ्टले आईओएस र एन्ड्रोयडका लागि आफ्नो एन्टिभाईरस एप ल्याउँदै

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले गएको वर्ष म्याकका लागि आफ्नो डिफेन्डर एन्टिभाइरस सफ्टवेयरको प्रीभ्यू लन्च गरेको थियो । अब भने कम्पनीले सोहि एप आईओएस र एन्ड्रोयड दुबै प्लेटफर्मका लागि ल्याउने तयारी गरेको छ ।

मोबाइल भर्सनका लागि, यसले कसरी कामगर्दछ भन्ने अझै स्पष्ट भएको छैन भने यसमा के के फीचरहरु राखिनेछन भन्ने पनि जानकारी छैन् । तर कम्पनीले यो वर्षभित्रै सो एप लन्च गर्ने बताईएको छ ।

माइक्रोसफ्टको डिफेन्डर एपले आईओएस र एन्ड्रोयडका लागि फिसिंग रोकथाम गर्न केन्द्रित हुने अनुमान गरिएको छ ।

कम्पनीले आईओएस र एन्ड्रोयडका लागि आफ्नो डिफेन्डर एडभान्स्ड थ्रेट प्रोटेक्सनको बारेमा थप जानकारीहरु आगामी साता हुने आरएसए कन्फ्रेन्सबाट जानकारी दिने घोषणा गरेको छ ।

easy care

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार