माइक्रोसफ्टद्धारा विण्डोज १० को नयाँ आइकनहरु उपलब्ध गराउन शुरु, यस्तो छ नयाँ डिजाइन

Technology Khabar १० फाल्गुन २०७६, शनिबार

माइक्रोसफ्टद्धारा विण्डोज १० को नयाँ आइकनहरु उपलब्ध गराउन शुरु, यस्तो छ नयाँ डिजाइन

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले आफ्नो विण्डोज १० अपरेटिंग सिस्टममा आधारित विभिन्न एप्लिकेसनहरुको नयाँ आइकन उपलब्ध गराउन शुरु गरेको छ । कम्पनीले आफूले तयार पारेको १०० नयाँ डिजाइनहरुमध्येबाट विण्डोज १० का लागि नयाँ आइकन उपलब्ध गराउन शुरु गरेको हो ।

माइक्रोसफ्टले विण्डोज इन्साइडल रिलिज प्रिभ्यू रिंगअन्तरगत नयाँ मेल र क्यालेन्डरको नयाँ आइकन हेर्नसक्नेछन् । त्यसैगरि इन्साइडर्सले बिहिबार रिलिज गरिएको प्रिभ्यू पनि हेर्न सक्नेछन्, जसमा अलार्म र क्लकलगायतका एप्स छन् ।

ती मध्येका केहि एप्स माइक्रोसफ्टको स्टोरबाट नै अपडेट हुनेछन् ।

माइक्रोसफ्टकी प्रिन्सिपल डिजाइन म्यानेजर एण्ड क्रियटिभ डाइरेक्टर क्रिस्टिना कोहनले कसरी ३५ वर्षको पर्सनल कम्युटरको विकासक्रमले नयाँ आइकन डिजाइन परिवर्तन गर्यो भन्ने जानकारी दिएकी छिन् । उनले साधारण डिजाइनले गर्दा कार्यहरु सम्पन्न गर्नको लागि पिसी प्रयोग गर्दा दिमागमा न्यून चाप पर्ने बताईन् ।माइक्रोसफ्टसँग अहिले एन्ड्रोयडका लागि गूगल प्ले स्टोरमा ७८ वटा एप्स छ भने यसबाहेक आईओएस र म्याकका लागि पनि रहेको छ ।
नयाँ आइकनले एकैपटक मल्टिटास्क गर्ने मानिसहरुलाई सजह र सजिलो हुने माइक्रोसफ्टको दाबी छ ।

माइक्रोसफ्टले विण्डोज १० एन्ड्रोयड आइओएस र म्याक ओएसका लागि एकै प्रकारको आइकनहरु होस भन्ने सुनिश्चितता चाहन्छ ।एजेन्सी

Global Bank
easy care

प्रकाशित: १० फाल्गुन २०७६, शनिबार