सामसङले एलजीसँग ठूलो मात्रामा ओएलईडी प्यानल किन्ने, छलफल जारी

Technology Khabar २९ चैत्र २०७७, आईतवार

सामसङले एलजीसँग ठूलो मात्रामा ओएलईडी प्यानल किन्ने, छलफल जारी

काठमाडौं ।

सामसङले एलजीसँग ठूलो मात्रामा ओएलईडी प्यानल अर्डर गर्न छलफल गरिरहेको बुझिएको छ।

सामसङले एलजीसमक्ष लाखै परिमाणमा टेलिभिजनका ओएलईडी प्यानल आपूर्ति गर्न आग्रह गरेकोमा समझदारीमा पुग्न लागिएको बताएको छ। यो समझदारीले सामसङ अब आफ्ना टेलिभिजनहरुमा एलसीडीबाट एलईडी प्यानलमा जान लागेको बुझिन्छ। यी ओएलईडी प्यानलहरुमा क्वान्टम डट फिल्टर तथा एलसीडी ब्याकलाइट प्रयोग गरिएको हुन्छ।

रिपोर्टहरुका अनुसार सामसङ र एलजीका अधिकारीहरु ओएलईडी प्यानलबरे छलफल गर्न जुटेका हुन्।

‘हामीले सम्झोतापत्रमा हस्ताक्षर गरिसकेका छैनैं तर यसका बारेमा टुंगो लगाउन अब कार्यान्वयन स्तरको परामर्श मात्रै बाँकी छ,’ एक अधिकारीले भने।

अर्का एक अधिकारीले भने यो छलफल नोलो नभएको र हालसम्म समझदारीमा पुग्न नसकेको दावी गरे।

रिपोर्टहरुका अनुसार एलजीले यो वर्षको दोस्रो ६ महिनामा १० लाख ओएलईडी प्यानल सामसङलाई पठाउनेछ भने सन् २०२२ भरिमा यो सङ्ख्या ४० लाख पुग्नेछ।

सेमिकन्डक्टरको आपूर्ति कम भएकाले एलसीडी प्यानलको प्रयोग कम हुँदै गएको र यसै हिसाबले सामसङले आफ्ना क्यूएलईडी टिभीहरुमा चिर प्रतिद्वन्द्वी एलजीकै भए पनि ओएलईडी प्यानल प्रयोग गर्ने निर्णयमा पुगेको बुझिएको छ।

यसैबीच दइलेक को एउटा रिपोर्टमा सामसङले एलसीडी प्रयोग नहुने क्वान्टम डट ओएलईडी टिभीको प्रोटोटाइपमा काम गरिरहेको छ। यी प्रोटोटाइपहरुलाई सामसङले ब्राइटनेस साह्रै कम भएको भन्दै गएको जनवरीमा अस्वीकार गरेको थियो।

easy care

प्रकाशित: २९ चैत्र २०७७, आईतवार