ह्वावे इन्टेलिजेन्ट आईपी सोलुसनले उद्यमलाई अधिक लचिलो आईसीटी पूर्वाधार निर्माण गर्न मद्दत गर्दै

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

ह्वावे इन्टेलिजेन्ट आईपी सोलुसनले उद्यमलाई अधिक लचिलो आईसीटी पूर्वाधार निर्माण गर्न मद्दत गर्दै

काठमाडौं ।

परिवर्तनहरू अँगाल्नेः इन्टेलिजेन्ट आईपी नेटवर्कले उद्योगको लागि नयाँ भविष्य ड्राइभ गर्ने (Embracing Changes: Intelligent IP Networks Drive a New Future for the Industry) को विषयवस्तु विश्लेषण गर्दै ह्वावे एशिया प्यासिफिक आईपी क्लब कार्निभल २०२१ बिहीबार, अप्रिल १ मा सम्पन्न भयो ।

यो तीन दिने अनलाइन कार्यक्रमले उद्यमहरूलाई न्यू नर्मलमा डिजिटल लचिलोपन निर्माण गर्न मद्दत पु¥याउँदै कसरी डाटा संचार सोलुसनले उद्योगहरूमा डिजिटल परिवर्तनलाई तीव्र पार्दछ भन्ने कुरालाई स्पष्ट पारेको थियो । ह्वावेले एशिया प्यासिफिक (APAC) बजारको लागि इन्टेलिजेन्ट इन्टरनेट प्रोटोकल (आईपी) सोलुसन भर्खरै निकालेको छ । कुल २,४०० भन्दा बढी ग्राहक र साझेदारहरू, (APAC) क्षेत्रका औद्योगिक विशेषज्ञहरू र प्राविधिक व्यवसायीहरु यस कार्यक्रममा सामेल भएका थिए ।

मुख्य सत्रको दौरान, ह्वावेले यसको क्लाउड क्याम्पस सोलुसनका साथै अन्य डाटा सेन्टर नेटवर्क (DCN) र क्लाउड WAN (Wide Area Network) प्रोडक्टहरू र समाधानहरूमा ध्यान केन्द्रित गरेको थियो । अग्रणी उद्योगका विज्ञहरूले कसरी ह्वावे क्लाउड क्याम्पस प्रभावकारी ढंगले खतराहरू बिरूद्ध इन्टेलिजेन्ट सुरक्षा प्रदान गर्न जरादेखि नै समस्याको विश्लेषण गर्दछ भन्ने बताए ।

यसैबीच, ह्वावे क्लाउड फ्याब्रिक DCNs ले क्लाउड WAN मार्फत थप आईपी इन्टेलिजेन्सतिरको कदमलाई समर्थन गर्दै डाटा केन्द्रहरूलाई इन्टेलिजेन्ट युगमा ड्राइभ गरिरहेका छन् ।

ह्वावे डाटाकम उत्पादन लाइनका अध्यक्ष केभिन हूले, कार्यक्रमको सुरुवातमा घोषणा गर्नु भयो कि इन्टेलिजेन्ट आईपी नेटवर्कहरू अब डिजिटल रूपान्तरणको आधारशिला बनिसकेका छन्, डाटाको सहज प्रवाहले डाटा एकत्रिकरणको पूर्ण सम्भावना ल्याइरहेकोे छ । उद्यमका सेवाहरूको गति बढे संगै आईपी सेवा वाहक, स्थानीय सेवाबाट क्लाउडमा स्विच भएको छ । नतिजा स्वरूप आईपी नेटवर्कहरूले सेवा अनुभव र सेवा विश्वसनीयताको ग्यारेन्टी गर्नै पर्ने हुन्छ ।

क्लाउडक्याम्पस २.०

ह्वावेले क्लाउडक्याम्पस सलुसन २.० लाई प्रस्तुत गरेको छ जसले क्याम्पस नेटवर्कको विकास इन्टेलिजेन्ट गिगाबिट वायरलेस नेटवर्कबाट ‘सबै चीजको इन्टेलिजेन्ट कनेक्टिभिटी’ तिर नेतृत्व गर्ने वाचा गर्दछ । त्यस्तै, क्लाउडक्याम्पस एक इन्टेलिजेन्ट नेटवर्क प्लेटफर्म हो जसले परम्परागत उद्यमहरूका वास्तविक–विश्व चुनौतीहरू सम्बोधन गर्दछ र डिजिटल रूपान्तरणलाई गति दिन्छ । एकीकृत प्लेटफर्मले तेस्रो पार्टी एकीकरणको लागि ओपन एप्लिकेसन प्रोग्रामिंग ईन्टरफेस (APIs) को साथ विविध अनुप्रयोगहरूलाई सक्षम, लचिलो, लागत–प्रभावी र वास्तवमै इन्टेलिजेन्ट क्याम्पस अनुभव प्रदान गर्दछ ।

यो सोलुसनमा एण्ड–टु–एण्ड सफ्टवेयर–परिभाषित नेटवर्किंग (SDN) समावेश गरेको छ जुन सेग्मेन्ट राउटिंग ओभर IPv6 (SRv6) संग स्वचालन गरी एकल नेटवर्कको रूपमा अपरेट गरेको छ जसलाई इन्टेलिजेन्ट संचालन र अनुरक्षण (O&M) द्वारा समर्थित छ ।

थाईल्याण्डको श्रीनाखरिनविरोट विश्वविद्यालय (SWU) का असिस्ट्यान्ट प्रोफेसर डा. भट्टीपोन टारटेरसेथले उक्त प्रसिद्ध संस्थाले भोग्नु परेका चुनौतीहरू र ह्वावे सोलुसनहरूले कसरी विभिन्न मुख्य मुद्दाहरूको समाधान गर्न मद्दत गर्यो भन्ने कुरा व्यक्त गर्नुभयो । एउटा चुनौती बिग डाटाको थियोः यहाँ, एक ह्वावे डाटा सेन्टरले स्वामित्वको कुल लागत (TCO) लाई तल ल्याउनका साथै भविष्यमा थप सोलुसनको विकासलाइ मद्दत गरेको थियो ।

थप रूपमा, विश्वविद्यालयले नेटवर्क पूर्वाधार, सुरक्षा र वायरलेस समस्याहरूको दायरा पनि सामना गरिरहेको थियो । ह्वावे वायरलेस क्याम्पसको कार्यान्वयनले विश्वविद्यालयलाई SDN प्रविधिको प्रयोगले नेट्वोर्क म्यानेज्मेन्ट केन्द्रीकृत गर्नका साथसाथै विद्यार्थीहरूको लागि पूर्ण नेटवर्क कभरेज प्रदान गर्न मद्दत गरेको छ र यसको फलस्वरूप उनीहरूको शिक्षाको गुणवत्तामा सुधार ल्याएको छ ।

क्लाउडफ्याब्रिक ३.०

ह्वावेले क्लाउड फ्याब्रिक ३.० हाइपर–कन्भर्जड DCN सोलुसन पनि सुरू गरेको छ जुन नेक्स्ट जेनरेशन DCN निर्माणको लागि डिजाइन गरिएको छ जसमा लसलेस ईथरनेट, पूर्ण–लाइफसाइकल अटोमेसन र नेटवर्क–वाइड इन्टेलिजेन्ट O&M पर्दछ ।

ह्वावे APAC एन्टरप्राइज बिजनेस ग्रुप (EBG) का चीफ टेक्नोलोजी अफिसर (CTO) ब्रान्डन वूले थप्नु भयोः “ह्वावे एनवीएमइ–ओभर–फ्याब्रिक(NoF+) इन्टेलिजेन्ट लसलेस इथरनेट सोलुसनमा सुधार भएपछि DCN को लागि जीरो प्याकेट लसले एकल टेक्नोलोजीमा एकीकृत डाटा सेन्टर व्यवस्थापनका लागि मार्ग प्रशस्त भएको छ, जसले फाइबर च्यानल स्टोरेज क्षेत्र नेटवर्क (SAN) को तुलनामा ब्यान्डविथ दस गुणा सुधार गर्ने छ । यसले अल–फ्ल्याश स्टोरेजको पूर्ण क्षमता ल्याउदछ र ग्राहकहरूलाई लाभ दिन TCO लाई कम गरेर साथसाथै दीर्घकालीन विकासलाई समर्थन गर्दछ ।

क्लाउडWAN

अन्तमा, ह्वावे एशिया प्यासिफिक आईपी क्लब कार्निवल अन्त्यतिर आइरहँदा, ह्वावेले एक नयाँ राउटर घोषणा गर्नुभयोः नेटइन्जिन८००० (NE8000) सिरिज । NE8000 M सिरिज राउटर नेटवर्क एक्सेस र एग्रीग्रेसन तहहरूको लागि डिजाइन गरिएको हो भने NE8000 X सिरिज – उद्योगको अग्रणी, अत्याधुनिक प्रविधिको एक श्रृंखलामा आधारित – आईपी ब्याकबोन र डाटा सेन्टर इंटरकनेक्ट DCI नेटवर्कको लागि डिजाइन गरिएको हो ।

ह्वावेको क्लाउड WAN सोलुसन नयाँ नेटइन्जिन८००० सिरिज पूर्ण सर्भिस राउटरमा आधारित छ जसले SRv6 र नेटवर्क स्लाइसिंग sclicing समर्थन गर्दछ र यसले सबै सेवाहरू वहन गर्ने एक एकीकृत आईपी नेटवर्क निर्माण गर्न सम्भव पार्दै विभिन्न सेवाहरूको लागि विभेदित सेवाको स्तर सम्झौता (SLAs) को ग्यारेन्टी गर्दछ ।

निकट सहकार्यको माध्यमबाट ह्वावे र यसका साझेदारहरूले डिजिटल युगमा सफलतालाई ड्राइभ गर्दै उद्यमहरूको लागि अधिक इन्टेलिजेन्ट आईपी नेटवर्क सोलुसनहरू प्रदान गर्न जारी राख्नेछन् ।

easy care

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार