ह्वावे एप ग्यालरी भिजन सार्वजनिक, सुरक्षित र भरपर्दो मोबाइल एप्स इकोसिस्टम निर्माण गर्ने दाबी

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

ह्वावे एप ग्यालरी भिजन सार्वजनिक, सुरक्षित र भरपर्दो मोबाइल एप्स इकोसिस्टम निर्माण गर्ने दाबी

काठमाडौं ।

काठमाडौँ । उपभोक्ताहरूले विभिन्न समयमा कैयौँ डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइल एपहरूले त्यो अनुभव सम्भव बनाएका हुन् । यस्तो स्थितिमा ह्वावेको विश्वास रहेको छ कि थप स्मार्ट एपहरूको माग बढ्नेछ र यो विशाल परिवर्तन प्राप्त गराउनका लागि अग्रभागमा रहन चाहन्छ ।

ह्वावेको आधिकारिक एप वितरण प्लेटफर्म एप ग्यालरीले प्रयोगकर्ताहरूलाई नयाँ विकल्प प्रदान गरिरहेको छ । विश्वव्यापी बजारमा तेस्रो एपकारूपमा रहेको ह्वावे एप ग्यालरी अहिले विश्वका विभिन्न १ सय ७० देशमा उपलब्ध छ र मासिक ४० करोड सक्रिय प्रयोगकर्ताहरू रहेका छन् ।

“हाम्रो सिद्धान्तको मूलमन्त्र भनेको ’गोपनीयता सधैँ तपाईँको नियन्त्रणमा’ हो।“ ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यूले भने, “हामी गोपीयताको सुरक्षा तथा साईबर सुरक्षालाई हाम्रा सबै व्यवसायिक गतिविधिहरूको उच्च प्राथमिकता हो र सबै चरणहरू तथा उत्पादनहरूमा हामी कडा रूपमा यसलाई लागू गर्दछौँ । ह्वावे एपग्यालरीमा पनि हामीले गोपनीयता सम्बन्धी कडा प्रावधानहरू र साईबर सुरक्षा समाधानहरू रहेका छन् ।”

विश्वभर ह्वावेका करौडौँ प्रयोगकर्ताहरू रहेका छन् जुन इकोसिस्टमको विकासका लागि बलियो आधार पनिहो । एचएमएस कोरका साथमा ह्वावे प्रयोगकर्ताहरूलाई सर्वोत्कृष्ट तथा नवीनतम एप्लिकेशन प्रयोगको अनुभव प्रदान गर्दछ ।

कम्पनीकाअनुसार ब्रान्ड फाइनेन्सको २०२० वार्षिक ग्लोबल ब्रान्ड भ्यालु र्याङ्किङमा १०औँ स्थानमा उक्लेको ह्वावेका लागि यो असम्भव देखिँदैन । वास्तवमा भन्नुपर्दा ह्वावेले इकोसिस्टम इन्जिनियरिङका लागि ३ हजारभन्दा बढी इन्जिनियरहरू परिचालन गरेको छ । ह्वावेले विश्वभर रहेका डेभलपरहरूका लागि वानस्टप अपरेशनल सपोर्ट प्रदान गर्दछ साथै इनोभेसनलाई बढावा दिन साइनिङ स्टार जस्ता कार्यक्रमलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

प्रयोगकर्ताहरूले एपहरू डाउनलोड गर्न सक्ने विश्वसनीय प्लेटफर्म हो ह्वावे एप ग्यालरी

एप डिभेलपरको पूर्ण नाम प्रमाणिकरण तथा एप सुरक्षाका लागि चार चरण रिभ्यू प्रक्रियासहितको ह्वावे एप ग्यालरी पूर्ण सुरक्षित रहेको छ। कुनै पनि नराम्रो कदमबाट जोगाउनका लागि सबै एपहरूको प्रमाणिकरण सम्बन्धी कडा परीक्षण हुने गर्दछ । यसमा बालबालिकालाई मोबाइल फोन प्रयोगको सुरक्षित वातावरण दिन उमेर सम्बन्धी एज रेटिङ सिस्टम रहेको छ जसले उमेर समूहअनुसार अनुपयुक्त हुने एपहरू फिल्टर गर्दछ ।

एप ग्यालरीमा प्रयोगकर्ताहरूको संवदेनशील डाटा र गोपनीयता जोगाउन उच्चस्तरको प्रमाणिकरण राखिएको छ । पर्सनल्ली सेन्सेटिभ सूचना जस्तै बायोमेट्रिक डाटा ह्वावेको डिभाइसभन्दा बाहिर प्रोसेस हुँदैन जसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत डाटामाथि पूर्ण नियन्त्रण दिन्छ । इएमयूआईले प्रयोगकर्ताहरूलाई एपयुजर पर्मिसन माथि नियन्त्रण प्रदान गर्छ ।

ह्वावेका डिभाइस प्रयोगकर्ताहरुका निम्ति उच्चस्तरको एपका लागि ह्वावे एप ग्यालरी गन्तव्य

ह्वावेले टप एपहरूको छनोट गरी ग्लोबल तथा लोकलाइज्ड (स्थानीय)एपहरू तथा प्रयोगकर्ताहरूको डिजटल जीवनशैलीको अभिन्न भाग बन्न सफल एपहरू बढाउन ह्वावे एप ग्यालरी कार्यरत छ । ह्वावे एप ग्यालरी सेग्मेन्टहरू १८ वटा विधा जस्तै समाचार, सामाजिक संजाल, मनोरञ्जन तथाअन्य रहेका छन् । यदिप्रयोगकर्ताले आफूले चाहेको एप भेटाउन सकेनन् भने वीशलिस्टमा हाल्न सक्छन् र त्यो एप राखिएको खण्डमा वीशलिस्टमार्फत् सूचित गरिन्छ ।

ह्वावेको पछिल्लो साझेदारीअन्तर्गत ह्वावेले बेलायतको सबैभन्दा ठूलो संचार कम्पनीमध्येको एक न्यूजयूकेसँग साझेदारी गर्दै ह्वावेका प्रयोगकर्ताहरूका लागि सबैभन्दा विश्वसनीय तथा अपडेटेड समाचार प्रस्तुत गर्ने गर्दछ ।

इनोभेटिभ तथा स्मार्ट अनुभवका लागि ह्वावे डिभाइसमा राम्रोसँग चल्ने एपहरू ह्वावे एप ग्यालरीमा

यो एउटा विशिष्ट अन डिभाइस केपेबिलिटी हो । यसको प्रमुखइनेब्लर ह्वावे एचआई एआई हो । ह्वावे एचआईएआई स्मार्ट डिभाइसहरू लक्षित एउटा खुला आर्टिफिसियल इन्टेलिजन्स केपेबिलिटी हो जसले विभिन्न डिभाइसहरूका सफ्टवेयर तथा हार्डवेयर रिसोर्सहरूलाई जोड्ने कामगर्दछ ।

ह्वावे एप ग्यालरीद्वारा ट्याप टु युज तथा जडान शुल्कन लाग्ने क्वीक एप्स सार्वजनिक

क्वीक एप्स एउटा एप इकोसिस्टम हो जसमा नयाँ प्रकारको इन्सटोलेसन फ्रि एपहरू हुन्छन् । यसले उत्कृष्ट अनुभव प्रदानगर्दै एचटीएमल पेजका थोरै स्पेश प्रयोग गर्छ । प्रयोगकर्ताहरूले १ जीबी स्पेशसहितको बीसवटा नेटिभ स्थानमा २ हजार भन्दा क्वीक एपहरू राख्न सक्छन् ।

प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने क्वीक एपहरू डेस्कटपमा राख्न सक्छन् । क्वीक एप्स ३५ करोड भन्दा बढी प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । हालसम्म १७०० भन्दा बढी क्वीकएपहरू विश्वव्यापी सार्वजनिक गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार