Technology Khabar २५ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले गूगल प्ले स्टोर प्रयोगको अनुमति रोकिएसँग आफ्नै एप ग्यालरी निर्माण गर्ने प्रयास गरिरहेको छ । अमेरिकी कालोसूचीमा परेको ह्वावेले गूगलको समानान्तर ह्वावे एप ग्यालरी तयार गरिरहेको छ ।
कम्पनीले आगामी दिनमा सोहि ग्यालरीमा भरपर्नुपर्ने हुँदा त्यसको लागि निकै मेहनत र लगानी गरिरहेको छ ।
यसको लागि कम्पनीले एप र गेम डेभलपरहरुलाई आकर्षित गर्न नयाँ योजना ल्याएको छ जसअन्तरगत डेभलपरहरुले बनाएको एपबाट हुने आम्दानी सबै उनीहरुलाई नै दिनेछ ।
कम्पनीको एप ग्यालरी सर्भिस एग्रिमेन्टको प्रिफेरेन्सियल पोलिसीमा बिस्तृतमा उल्लेख रहेको रिपोर्टहरु आएका छन् । सो पोलिसीअनुसार पहिलो २४ महिनासम्म लागू हुनेछ जसमा डेभलपरहरुले सो पोलिसीमा सहभागी हुन चाहेको खण्डमा यहि जून महिनाभित्र सहभागी भईसक्नुपर्नेछ ।
सो पोलिसी दुई अवधिमा विभाजित गरिएको छ । पहिलो १२ महिनामा, डेभलपरहरुले नन गेमिंग एप्सबाट हुने आम्दानी शतप्रतिशत प्राप्त गर्नेछन् । त्यस्तै गेम्सको लागि भने डेभलपरहरुले ८५ प्रतिशत आम्दानी पाउनेछन् ।
दोस्रो वर्षमा, डेभलपरहरुले उनीहरुको एप्स वा गेम्सद्धारा भएको आम्दानीको ८५ प्रतिशत प्राप्त गर्नेछन् ।यसमा एजुकेशनल एप्समा भने ९० प्रतिशत सम्म रकम दिईनेछ ।
सो प्रिफेरेन्सियल पोलिसीको अवधि समाप्त भएपछि भने डेभलपरहरुले स्ट्याण्डर्ड रेटमा आम्दानी हासिल गर्नेछन् । जसअन्तरगत डेभलपरहरुले ७० प्रतिशत आम्दानी पाउनेछन भने ह्वावेले ३० प्रतिशत आम्दानीको हिस्सा राख्नेछ ।
तर यो पोलिसी चीनको मूख्य भूभाग भन्दा बाहिरका डेभलपरहरुको लागि मात्र हो । चीनका डेभलपरहरुले भने यो भन्दा कम मात्र आम्दानी गर्नेछन् ।
ह्वावेको यो अफर डेभलपरहरुको लागि उपयुक्त नै भएको रिपोर्टहरुमा उल्लेख छ । किनकी गूगल र एप्पलले पनि डेभलपरहरुलाई आफ्नो स्टोरमा ७० प्रतिशत आम्दानी लान दिन्छ भने बाँकी ३० प्रतिशत आफैंले राख्ने गर्दछ ।
यदि तपाईँ पनि एप्स डेभलपर हो भने यो लिंकमा क्लिक गरेर सहभागी बन्न सक्नुहुनेछ ।
प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार