सामाजिक सञ्जालबाट औषधि बेच्नेलाई कारबाही, दर्ता नभएका अनलाइन फार्मेसी बन्द गर्न निर्देशन

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

सामाजिक सञ्जालबाट औषधि बेच्नेलाई कारबाही, दर्ता नभएका अनलाइन फार्मेसी बन्द गर्न निर्देशन

काठमाडौं ।

बाणिज्य विभागले सामाजिक सञ्जालमार्फत भ्रामक विज्ञापनमार्फत उपभोक्तालाई भ्रमित गर्दै औषधि बिक्री गरेको पाईएको भन्दै त्यस्ता कम्पनीलाई कारबाही गरेको छ।

विभागले अनुमतिबिनै सामाजिक सञ्जाल तथा अनलाइन फार्मेसीको नाममा सामाजिक सञ्जालबाट उपभोक्ता हित संरक्षण ऐन विपरित गैरकानूनीरुपमा छुट सुविधासहित औषधि बिक्री गरिरहेको पाइएपछि बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभागले कारबाही गरेको छ।

ग्रापेला र ओमेगा  नामक औषधिहरु अनुमति नलिईकन नै बिक्री गरेको भन्दै व्यापारिक फर्मलाई कारबाही गरेको हो।

सामाजिक सञ्जाल तथा मिडियाहरुमा उपभोक्तालाई भुक्याउने मनसायले अनेक प्रकारका विज्ञापन गरेर औषधिको नाममा अनेक वस्तु बिक्री बितरण गरेकोमा एक कम्पनीलाई कारबाहीसमेत गरेको जनाएको छ।

यसैबिच औषधि व्यवस्था विभागले पनि अनुमति नलिइकनै अनलाइनमार्फत ग्राहकलाई विभीन्न प्रलोभनमा पारी औषधि विक्री वितरणलाई भईरहेकोमा त्यस्ता कार्य रोक्न निर्देशन दिएको छ।

औषधि व्यवस्था विभागले अनुमति नलिइ अनलाइनमार्फत औषधि बिकी वितरण गरेको पाइएको अवस्थामा नियम अनुसार कारवाही गर्ने जनाएको छ।

विभागले सामाजिक संजाल र पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम विभागबाट पूर्व अनुमति अनिवार्य लिन पर्ने जनाएको छ।

अनलाइन फार्मेसीबाट खरिद गरेको औषधिहरुको सुरक्षितता, गुणस्तरियता, प्रभावकारीताका सम्बन्धमा सम्बन्धित उपभोक्ता आफै जिम्मेवार हुनुपर्ने भएको भन्दै विभागले अनलाइनमार्फत औषधि खरिद नगर्न समेत अनुरोध गरेको छ ।

easy care

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

ताजा समाचार