शे–फोक्सुण्डो ताल क्षेत्रमा वर्ल्डलिङ्कको निशुल्क इन्टरनेट सेवा

Technology Khabar ९ चैत्र २०७७, सोमबार

शे–फोक्सुण्डो ताल क्षेत्रमा वर्ल्डलिङ्कको निशुल्क इन्टरनेट सेवा

काठमाडौं ।

शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ।

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्डलिङ्कले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबीसम्म इन्टरनेट प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए।

निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ।

easy care

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

ताजा समाचार