सफ्ट्वेरिका कलेजद्वारा आयोजित दोश्रो आईओटी एक्स्पो सम्पन्न, ५ हजारले गरे अवलोकन

Technology Khabar २ चैत्र २०७७, सोमबार

सफ्ट्वेरिका कलेजद्वारा आयोजित दोश्रो आईओटी एक्स्पो सम्पन्न, ५ हजारले गरे अवलोकन

काठमाडौं ।

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सद्वारा आयोजित चार दिने आईओटी प्रदर्शनी समापन भएको छ।

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा गरिएको उक्त प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र सूचना प्रविधि क्षेत्रका जिज्ञासुहरु गरी करिब ५ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।

फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेहिकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत व्यवस्थापन, रोबोटिक हात लगायत ३० वटा प्रोजेक्टको नमूना प्रदर्शनी गरिएको थियो।

स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।

प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन्।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए।

यो पनि हेर्नुस्-

इलेक्ट्रिकल भेइकल बनाउन नेपाली विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

easy care

प्रकाशित: २ चैत्र २०७७, सोमबार

ताजा समाचार