स्पेसएक्स ‘लञ्चप्याड’ इण्डोनेसियामा बनाउन दिने विषय विवादित, स्थानीय बासिन्दाको आपत्ति

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

स्पेसएक्स ‘लञ्चप्याड’ इण्डोनेसियामा बनाउन दिने विषय विवादित, स्थानीय बासिन्दाको आपत्ति

काठमाडौं ।

इण्डोनेसियाको बायक टापूका बासिन्दाले स्पेसएक्सको लञ्चप्याड बनाउँदा टापूको वातावरण बिग्रने र स्थानीयहरु विस्थापित हुने गुनासो गरेका छन्।

टेस्ला कम्पनीका मालिक एलन मस्कलाई इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गएको डिसेम्बरमा पपुआमा रहेको बायक टापूको केही भाग स्पेसएक्सको प्रक्षेपण क्षेत्रका रुपमा प्रयोग गर्न अनुमति दिएका थिए।

इण्डोनेसिया सरकारका एक प्रतिनिधिले यसै हप्ता द गार्जियनलाई बायक टापूमा पपुआ सरकार र स्थानीय समुदायको परामर्शमै प्रस्तावित अन्तरिक्ष प्रक्षेपण केन्द्रको काम भइरहेको र बायकलाई ‘अन्तरिक्ष टापू’ का रुपमा विकसित गरिनुले स्थानीय बासिन्दाको ‘आर्थिक अवस्थामा सकारात्मक परिवर्तन’ ल्याउने बताएका छन्।

तर स्थानीयले भने यस्तो अनुमतिले वन फँडानी हुने, सेनाको उपस्थिति बढी हुने तथा टापूको भविष्य नै खतरामा पर्ने भन्दै विरोध गरिरहेका छन्। टापूका आदिवासी समूहका नाइके मानफुन स्रोयरले स्थानीयहरु लखेटिने डर रहेको बताए।

‘यो स्पेसपोर्टले हाम्रो परम्परागत शिकार मैदान हडप्नुका साथै हाम्रो जीवन निर्भर रहेको यहाँको वातावरण पनि मास्छ। तर हामीले यसको विरोध गर्दा तत्काल गिरफ्तारीमा पर्ने पक्का छ’, उनले भने।

यसै सन्दर्भमा रुसको अन्तरिक्ष एजेन्सी रस्कस्मस पनि सन २०२३ भित्र बायक टापूमा विशाल रकेट प्रक्षेपण केन्द्र बनाउने योजनामा रहेको छ।

स्रोयरलेअगाडि थपे, ‘सन् २००२ मा पनि रुसीहरुले हाम्रो जमिन स्याटेलाइट प्रक्षेपणका लागि मागेका थिए। हामीले विरोध गर्यैं र थुप्रैलाई गिरफ्तार गरेर सोधपूछ गरियो। अहिले उनीहरु फेरि ल्याइएका छन् र हामीमाथिको अत्याचार र थिचोमिचो अझै जारी छ।’ एजेन्सीका साथ

easy care

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार