रु.१ मै पाउनुहोस् डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज दराज हाट बजारमा

Technology Khabar ११ फाल्गुन २०७७, मंगलवार

रु.१ मै पाउनुहोस् डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज दराज हाट बजारमा

काठमाडौं ।

डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज यहि फागुन ११, २०७७ देखि सुरु हुने दराज हाट बजारमा अब रु.१ मा नै जित्न सकिनेछ।

डिशहोम र दराज बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज संगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । यसवाट हाम्रा ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाईन मार्फत पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार