रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने

Technology Khabar १० फाल्गुन २०७७, सोमबार

रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने

काठमाडौं ।

विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउन लागिएको छ ।

‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ । कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको छ ।

हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्ल्यागसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् । कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको छ ।

नयाँ फ्ल्यागसिप सिरिज, नयाँ यात्रा सन् १९६० को दशकमा कम्फोर्टेबल अनुभूतिका साथै लामो र आरामदायी यात्राका लागि सोअनुसार डिजाइन गरिएको माग उच्च भएपछि जीटी स्पोर्ट कारको उत्पादन शुरू भएको थियो । जीटी कारको पर्फमेन्स सामान्य कारको भन्दा उत्कृष्ट हुने धारणा जनमानसमा रहेको पाइन्छ।

नयाँ पर्फमेन्ससहितको फ्ल्यागसिप सिरिजको यो स्मार्टफोन स्न्यापड्रागन ८८८ प्रोसेसरयुक्त रहेको छ । जीटीको आफ्नै विशिष्ट महत्व रहेको छ, यसको प्रयोग उन्नत लाग्ने मात्र नभएर यसले निरन्तर वृद्धिको अनुभूति दिलाउने तथा अन्य विश्वसनीय क्षमताहरु पनि रहेको कम्पनीको रहेको छ ।

विशेषगरी युवापुस्तालाई लक्षित गरी मोबाइलको डिजााइन गरिएकाले युवापुस्तामा यो मोबाइल फोन लोकप्रिय हुने विश्वास कम्पनीको छ, यो केबल रेसिङको रुपमा मात्र नभएर युवापुस्तालाई आत्मिक सन्तुष्टि दिँदै नयाँ धारणा विकास गर्न सक्ने दाबी कम्पनीको छ ।

easy care

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

ताजा समाचार