एप्पलको एम वान प्रयोग प्रोसेसर ह्याक गर्ने प्रयास गर्दै ह्याकर

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

एप्पलको एम वान प्रयोग प्रोसेसर ह्याक गर्ने प्रयास गर्दै ह्याकर
एप्पलको म्याक एम १ चिप

काठमाडौं ।

एप्पलको एम वान प्रोसेसर प्रयोग गरिएको म्याक कम्प्युटरलाई ह्याकरहरुले ह्याक गर्ने प्रयास गरिरहेका छन् ।

एप्पलको एम वान प्रोसेसरमा आधारित म्याक सार्वजनिक भएको केही महिना नबित्दै ह्याकरहरुले सिस्टम ह्याक गर्ने काममा लागेका हुन् ।

सुरक्षा अन्वेषक प्याट्रीक वार्डलको अनुसार एम वान चिपलाई नै केन्द्रित गरेर नोक्सान गर्ने खालको एप पनि बनाइएको छ ।

ह्याकिङका लागी पिरीट भन्ने एडवेयरको प्रयोग गरिएको अन्वेषणले देखाएको छ । यो म्यालवेयरले प्रयोगकर्ताको डाटा संकलन गरेर थुप्रै विज्ञापनहरु देखाउने गर्दछ ।

वार्डलले यो मालवेयरलाई भाइरस टोटल भन्ने एन्टीभाइरस परिक्षण प्लेटफर्मबाट भेटाएका हुन् । एम वानलाई ह्याक गर्न खासै कठिन पनि नभएको विज्ञहरुको भनाई रहेको छ । एजेन्सी

easy care

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार