“डिशहोममा डिलरदाईको डिस्काउन्ट” मा ९० जनाले पाए जनही एकलाख रुपैयाँ, अब केहि दिन बाँकी

Technology Khabar २६ माघ २०७७, सोमबार

“डिशहोममा डिलरदाईको डिस्काउन्ट” मा ९० जनाले पाए जनही एकलाख रुपैयाँ, अब केहि दिन बाँकी

काठमाडौं ।

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलरदाईको डिस्काउन्ट” नामक अफर संचालन गरेको ग्राहकहरु लाई सर्वविधितै छ, जस अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जितिसक्नेका छन् ।

अन्य बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएको कम्पनीले जानकारी दिएको छ ।

२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अव भने केहि दिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्नुहुने ग्राहकहरु यो योजनाको अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् ।

डिलरदाईको डिस्काउन्ट योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । यो योजना पछि लक्की ड्र सकिनेछ भने डिस्काउन्ट अफर सुचारु रहनेछ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ माघ २०७७, सोमबार

ताजा समाचार