अवैध रूपमा १०१ थान राहदानी वाह्यय मुलुकतर्फ लैजान खोज्ने दुई व्यक्ति पक्राउ

Technology Khabar १३ माघ २०७९, शुक्रबार

अवैध रूपमा १०१ थान राहदानी वाह्यय मुलुकतर्फ लैजान खोज्ने दुई व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन्।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडी व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो।

थप सोधपुछको क्रममा उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनि बैदेशिक रोजगार बिभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरु र निजहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

Sajilo Visa

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार