दुई अर्ब रुपैयाँको लगानीमा खुल्यो टायल उद्योग, इटालीयन प्रविधियुक्त पूर्णरुपमा स्वचालित

Technology Khabar १४ असार २०८०, बिहीबार

दुई अर्ब रुपैयाँको लगानीमा खुल्यो टायल उद्योग, इटालीयन प्रविधियुक्त पूर्णरुपमा स्वचालित

काठमाडौं ।

प्राइम सेरामिक्स् प्रा. लीले बिहिबारदेखि आफ्नो उत्पादन प्राइम-टाइल्स् विथ स्टाइल लाई बिक्री–वितरणमा ल्याएको छ।

भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो ।

नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स् प्रा.लीले रौतहटस्थित बृन्दावन नगरपालीका–६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधिद्धारा पूर्णरुपमा स्वचालित उधोगको स्थापना गरेको छ ।

विश्वमा सेरामिक प्रविधीमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनीको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उधोगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको छ ।

हाल बार्षिक १५ अर्ब रुपैँया बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उधोगले देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्नेछ ।

साथै उधोगले आयात प्रस्थिापन गर्ने, बिदेशी मुद्रा बाहिरीनबाट रोक्ने, रोजगारीको श्रृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने छ ।

कम्पनीले एकै छानामुनी घरायसी, ब्यापारीक, पूर्वाधार परियोजना तथा सार्वजनिकस्थल आदिमा प्रयोगको लागि हाल अधिकतम २X४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईमा लाग्ने टाइल्स् उत्पादन गर्नेछ ।

बिगत दुई दशकदेखि नेपालमा टायल ब्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्धारा प्रबद्र्धित प्राइम सेरामिक्स् प्रालिको कुल लगानी दुई अर्ब रुपैँया रहेको छ। दैनिक डेढ लाख बर्ग फिट उत्पादन क्षमता रहेको यस उधोगले ३०० जनालाई रोजगारी दिएको जनाएको छ।

easy care

प्रकाशित: १४ असार २०८०, बिहीबार