रेडमी के४० सिरिजको रिटेल बक्सको तस्बिर बाहिरियो, चार्जर नराखिने सम्भावना

Technology Khabar १२ माघ २०७७, सोमबार

रेडमी के४० सिरिजको रिटेल बक्सको तस्बिर बाहिरियो, चार्जर नराखिने सम्भावना

काठमाडौं ।

रेडमी के४० स्मार्टफोन सार्वजनिक हुने तयारीमा छ । आउँदो रेडमी के४० सिरिजको बारे बजारमा खुबै चर्चा छ ।

रेडमी के४० सार्वजनिक पूर्व नै यसको रिटेल बक्सको तस्बिर अनलाईनमा सार्वजनिक भएको छ । लीक भएको रिटेल बक्सको तस्बिरले स्मार्टफोन प्रतिको चासो अझै बढाएको छ ।

लीक भएको तस्बिरमा दुई भिन्न भिन्न रिटेल बक्स देख्न सकिन्छ । यी दुईबीच साइजको मात्र भिन्नता छ । एउटा अलि मोटो र अर्को थोरै पातलो छ ।

गिज्मोचाइनाकाअनुसार पातलो रिटेल बक्समा स्मार्टफोनसँगै चार्जर नआउने सम्भावना छ । त्यस्तै एउटा भेरिएन्टमा भने चार्जर समेत आउने बताईएको छ । संभवत प्रो सिरिजमा चार्जर नहुने अनुमान गरिएको छ ।

रेडमी के४० सिरिज अन्तर्गत के४० र के४० प्रो सार्वजनिक हुनेछ ।

स्मार्टफोन पन्चहोल डिजाइनका साथ एमोलेड डिस्प्लेमा उपलब्ध हुन्छ । पन्चहोल कटआउट डिस्प्ले फोनको टप सेन्टरमा रहनेछ । जसमा सेल्फी क्यामरा पनि छ । रिर्पोटका अनुसार यसमा रेडमी सिरिजमध्ये सबैभन्दा महँगो डिस्प्ले दिईने चर्चा छ ।

रेडमी के४० प्रोमा स्न्यापड्रागन ८८८ चिपसेट दिइनेछ । अर्को स्ट्यान्डर्ड भर्सनमा स्न्यापड्रागन ७७५ चिपसेट दिइनेछ । रेडमी के४० को मूल्य करिब २९९८ युआन तोकिने सम्भावना छ । रेडमी के४० सिरिज स्प्रिङ फेस्टिवल पछि सार्वजनिक गरिने चर्चा छ ।

easy care

प्रकाशित: १२ माघ २०७७, सोमबार