सामसङ ग्यालेक्सी एस२१ र शाओमी एमआई १०टी लाइट, गुगलको एन्ड्रोइड इन्टरप्राइज रिकममेनडेड प्रोग्रामको हिस्सा

Technology Khabar ७ माघ २०७७, बुधबार

सामसङ ग्यालेक्सी एस२१ र शाओमी एमआई १०टी लाइट, गुगलको एन्ड्रोइड इन्टरप्राइज रिकममेनडेड प्रोग्रामको हिस्सा

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२१ र शाओमी एमआई १०टी लाइट, गुगलको एन्ड्रोइड इन्टरप्राइज रिकमेन्डेड (एईआर) प्रोग्रामको हिस्सा भएको छ ।

गुगलको एन्ड्रोइड इन्टरप्राइज रिकममेनडेड प्रोग्रामले एन्ड्रोइड फोनलाई इन्टरप्राइज र व्यापारिक क्षेत्रमा प्रयोग गर्न प्रमाणित गर्दछ । उक्त सूचिमा सामसङ ग्यालेक्सी एस२१ र शाओमी एमआई १० टी लाइट पनि सूचिकृत भएको हो ।

एक्सडीए डेपलपरको रिर्पोट अनुसार यी दुई स्मार्टफोन एईआर प्रोग्रामको हिस्सा भएको छ । एईआर प्रोग्राममा मोटोरोला, वानप्लस, ओपो, एलजी लगायत एक सय ५० भन्दा धेरै ब्रान्डका स्मार्टफोन सूचिकृत छन् ।

एईआर प्रमाणित गर्न प्रत्येक स्मार्टफोनले एउटा निश्चित आवश्यकता पूरा गर्नुपर्छ । न्यूनतम हार्डवेयर स्पेसिफिकेसन, फोन सार्वजनिक भएको ९० दिनपछि नियमित तीन वर्ष एन्ड्रोइड अपडेट लगायत अन्य मापदण्ड पुरा गर्नुपर्छ ।

एन्ड्रोइड ११ अपडेट पछि सन् २०२० मा सामसङ ग्यालेक्सी नोट२०, ग्यालेक्सी एस२० र ग्यालेक्सी ट्याप एस७ ले एईआर प्रोग्राम प्रमाणीकरण प्राप्त गरेका छन् ।

easy care

प्रकाशित: ७ माघ २०७७, बुधबार