सिजीका एसी खरीदमा अब निशुल्क जडानको सुबिधा

Technology Khabar २९ पुष २०७७, बुधबार

सिजीका एसी खरीदमा अब निशुल्क जडानको सुबिधा

काठमाडौं ।

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई मध्य नजर गरेर अब देखि सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाईप एसी तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडान पाउन सक्नुहुनेछ।

ग्राहक महानुभावहरुले जडान गर्दा लाग्ने २ हजार ५०० रुपैयाँ बराबरको खर्च जोगाउन सक्नेछन् ।

यी एसीहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको छ ।

साथ साथै यी एसीहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २९ पुष २०७७, बुधबार