फेसबुकको पोर्टल टिभी नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

Technology Khabar २४ पुष २०७७, शुक्रबार

फेसबुकको पोर्टल टिभी नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

नेपाली बजारमा फेसबुकको पोर्टल टिभी सार्वजनिक भएको छ । जेनेस सलुसनले फेसबुकको पोर्टल टिभी नेपाली बजारमा ल्याएको हो।

कम्पनीले सो टिभीको बारेमा इमेलमार्फत प्रबर्द्धन गर्दै जानकारी दिईरहेको छ ।

फेसबुकको पोर्टल टिभीमा १२.५ मेगापिक्सेलको क्यामरा र माइक्रोफोन पनि छ जसमार्फत मेसेन्जर वा ह्वाट्सएपमा च्याट समेत गर्न सकिन्छ ।

यसमा राखिएको क्यामरा स्वचालितरुपमा जूम हुने र घुम्नसकिने किसिमको रहेकोछ, जसले गर्दा प्रयोगकर्ता कोठामा अन्य कार्य गरिरहँदा वा घुमिरहेको बेलामा समेत क्यामरामा कैद हुन सक्नेछन् ।

यसमा भएको स्मार्ट साउण्ड फिचरले ब्याकग्राउण्डको अनावश्यक साउण्डलाई हटाएर तपाईंको आवाजको गुणस्तरीयतालाई बढाइदिन्छ ।

त्यसैगरि यसको क्यामरा नचाहिएको बेलामा घुमाउन वा बन्द गर्न सकिने सुबिधा समेत छ । यसमा हुने सबै भिडियो कल इन्क्रिप्टेड हुन्छन भने स्लाइडिङ्ग क्यामराको मद्दतले भिडियो क्यामरा र माइक्रोफोनलाई बन्द गर्न सकिन्छ ।

यसमा एलेक्सा इनबिल्ट फिचर रहेको छ जसले तपाईंको स्मार्ट होमलाई नियन्त्रण गर्नुका साथै तपाईंको मनपर्ने गीत सुन्न, समाचार हेर्न, मौसमको जानकारी लिन, टाइमर सेट गर्न लगायतका अन्य कार्य गर्न मद्दत गर्दछ ।

यसमा नेटफ्लिक्स र अमेजन प्राइमबाट फिल्म तथा शोको पनि मज्जा लिन सकिन्छ। जसकाे लागि रिमोट कन्ट्रोलको समेत सुबिधा छ ।

फेसबुकको पोर्टल टिभीमा म्यासेन्जर रुमबाट ५० जनासम्म ग्रुप कल गर्न सकिने छ।

बालबालिकाहरुका लागि रोचक कथाहरु र स्टोरीबुक हेर्नका लागि फिचर रहेको छ जसमा एनिमेसन म्यूजिक र इमर्सिभ एआर इफेक्ट पनि छ ।

यसमा तपाईंले आफ्नो मनपर्ने म्युजिक तथा स्ट्रिमिङ एप, जस्तै स्पोटिफाई र प्यान्डोरा सुन्न सक्नुहुन्छ । साथै इन्स्टाग्राम र फेसबुकमा फोटो समेत हेर्न सक्नुहुन्छ ।

जेनेस सलुसनले  फेसबुकको पोर्टल टिभीलाई नेपाली बजारमा ४४ हजार रुपैयाँमा सार्वजनिक गरेको छ।

easy care

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

ताजा समाचार