ह्वावे पी५० प्रो मोडलको स्क्रिन सानो हुने, सिंगल पञ्च होल क्यामरा राखिने

Technology Khabar १७ पुष २०७७, शुक्रबार

ह्वावे पी५० प्रो मोडलको स्क्रिन सानो हुने, सिंगल पञ्च होल क्यामरा राखिने

काठमाडौं ।

ह्वावेको आउन लागेको नयाँ प्रिमियम स्मार्टफोन पी५० प्रो यसका पूर्ववर्ती मोडल भन्दा सानो हुनेछ । ह्वावे पी५० प्रोको डिस्प्ले ६.६ इन्चको हुनेछ । पी ४० र पी४० प्रोमो ६.७६ इन्चको डिस्प्ले रहेको छ ।

ह्वावे पी५० प्रोको दायाँ र बायाँ डिस्प्लेमा अझै पनि एउटा कसिएको घुर्मेको रेडियस छ । नयाँ फोनमा ह्वावेले पुरानो गल्ती दोहाएको छैन । फोनको हार्डवेयर बटन साइडमा रहेको छ ।

यो डिजाईनले फोनलाई सकेसम्म कम्प्याक्ट राख्दछ । फोनको लम्बाई १५९ एमएम र चौडाई ७३ एमएम छ । यो पी ४० र प्रोभन्दा सानै हो । पी ४० र प्रोको लम्बाई १६२.९ एमएम र चौडाई ७५.५ एमएम छ ।

ह्वावे पी५० को डाइग्नल मात्र घटाइएको छैन । पी५० प्रोको डिस्प्लेमा अन्य दुई उल्लेखनिय परिवर्तन पनि देख्न सकिनेछ ।

पी ४० सिरिजमा रहेको वाईड डुअल सेल्फी क्यामरा पञ्च होललाई सानो सिंगल क्यामराले विस्थापित गरिएको छ । दोस्रो भनेको फोनमा रहेको परम्परागत एयरपिस हो । त्यसलाई पी३० प्रोमा रहेको औस्टिक डिस्प्लेद्धारा विस्थापित गरिएको छ ।

नयाँ फोनमा सामसङको एलजी ओलेड डिस्प्ले छ । फोनमा किरिन ९००० चिपसेट दिइएको छ । एजेन्सी

easy care

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

ताजा समाचार