दक्षिण कोरियाको अन्तर्राष्ट्रिय एयरपोर्टमा फाइभजी प्रविधिमार्फत कोरोना जाँच

Technology Khabar १५ पुष २०७७, बुधबार

दक्षिण कोरियाको अन्तर्राष्ट्रिय एयरपोर्टमा फाइभजी प्रविधिमार्फत कोरोना जाँच

काठमाडौं ।

दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थालेको छ ।

कोरोना भाइरस परीक्षणको लागि दक्षिण कोरियाले इन्चेन अन्तर्राष्ट्रिय एयरपोर्टमा मोबाइल एज कम्प्यूटिङ (एमईसी) प्रविधिको शुरूवात गरेको छ ।

यो सिस्टमले कोही व्यक्तिलाई कोभिड लागेको छ की छैन भनेर पत्ता लगाउने गर्दछ । कोभिडलाई फैलिन नदिई नियन्त्रण गर्नका लागी यो प्रयत्न गरिएको हो । यो सिस्टमले मास्क लगाएको छ की छैन भनेर पनि हेर्ने गर्दछ ।

त्यसैगरि यस सिस्टमले स्वचालित रोबोटलाई प्रभावित क्षेत्रमा कोभिड १९ निस्क्रिय गराउनका लागि समेत पठाउन सक्दछ।

यसमा डिजिटल कियोस्क र भिडियो सर्भिलेन्स जडान गरिएको छ ।

यसले जानकारी संकलन गरेर नजिकै रहेको सानो डाटा सेन्टरमा पठाउने गर्दछ । यसले दक्षिण कोरियाको एसके टेलिकम कम्पनीको नयाँ एआई चीप प्रयोग गर्ने गर्दछ । यो सिस्टमको लागि एसके टेलिकमले एमएमवेभ ब्याण्डको ५जी बेस स्टेशन एयरपोर्टमा जडान गरेको छ । एजेन्सी

easy care

प्रकाशित: १५ पुष २०७७, बुधबार

ताजा समाचार