भारतमा जनवरी १ देखि इलेक्ट्रोनिक उत्पादनको मूल्य बढ्ने, नेपाली बजारमा असर पर्नसक्ने

Technology Khabar १४ पुष २०७७, मंगलवार

भारतमा जनवरी १ देखि इलेक्ट्रोनिक उत्पादनको मूल्य बढ्ने, नेपाली बजारमा असर पर्नसक्ने
सांकेतिक

काठमाडौं ।

भारतीय बजारमा अंग्रेजी नयाँ वर्षमा इलेक्ट्रोनिक वस्तुहरू जस्तै स्मार्ट टिभी, फ्रिज वा अन्य घरेलु उपकरणहरूको मूल्य वृद्धि हुने भएको छ ।

सन् २०२१को जनवरी १ देखि इलेक्ट्रोनिक उत्पादनको मूल्य बढ्ने भएको हो। यी उत्पादनहरुको मूल्य २० प्रतिशतले बढ्ने छ।

जनवरीमा इनपुट सामग्रीहरू जस्तै तामा, एल्युमिनियम र स्टिलको मूल्य बढ्ने छ। यी सामग्रीहरूको एयर र ओशन फ्रेट चार्जेज बढ्न लाग्दैछ। साथै, कच्चा तेलको मूल्य बढेकोले प्लास्टिकको मूल्य पनि बढ्ने छ। यी कच्चा पदार्थको मूल्य बढेको कारण, धेरै इलेक्ट्रोनिक उत्पादकहरूले आफ्ना उत्पादनको मूल्य १२० प्रतिशतसम्म बढाउन सक्नेछन्।

भारतीय मिडियाहरुका अनुसार कच्चा पदार्थमा हुने मूल्य वृद्धिसँगै कम्पनीहरुले आफ्ना इलेक्ट्रोनिक उत्पादनहरुको मूल्य समायोजन गर्ने भएका हुन् ।

एलजी, पानासोनिक, थमसन जस्ता कम्पनीहरूले जनवरीदेखि उनीहरूको उत्पादनको मूल्य बढाउँदैछन्। त्यसैगरि सोनीले हाल मूल्य वृद्धिको निर्णयमा विचार गरिरहेको छ। रिपोर्टका अनुसार एलजी इलेक्ट्रोनिक्स भारतले आफ्ना उत्पादनहरुको मूल्य कम्तिमा ७ देखि ८ प्रतिशतले वृद्धि गर्न लागेको छ।

भारतमा मध्यम आकारको स्क्रीन एलईडी टिभीहरू अधिक लोकप्रिय छन् र उच्चतम मूल्य वृद्धि यसै क्षेत्रका उत्पादनहरुको मूल्यहरूमा रेकर्ड गरिनेछ।

सोनी इण्डियाका प्रबन्ध निर्देशक सुनील नायरले भनेका छन् कि कम्पनीले अहिले बजारको अवस्था हेरिरहेको छ, त्यसपछि मात्र मूल्य बढ्ने कि नगर्ने भन्ने निर्णय लिने छ।

भारतमा मूल्य बढेसँगै यसकाे अप्रत्यक्ष असर नेपाली बजारमा समेत पर्नेछ । किनकी अधिकांश इलेक्ट्राेनिक्स उत्पादनहरु भारत र चीनको बजारबाट नेपालमा आयात हुने गर्दछ। त्यसैले इलेक्ट्राेनिक्स उत्पादकहरुले मूल्य बढाएसँगै नेपाली बजारमा समेत मूल्य बढ्नसक्नेछ ।

easy care

प्रकाशित: १४ पुष २०७७, मंगलवार