स्मार्टफोन ब्राण्ड पोकोले ल्यापटप सार्वजनिक गर्दै, भारतमा प्राप्त गर्यो प्रमाणपत्र

Technology Khabar ५ पुष २०७७, आईतवार

स्मार्टफोन ब्राण्ड पोकोले ल्यापटप सार्वजनिक गर्दै, भारतमा प्राप्त गर्यो प्रमाणपत्र

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड पोको अब ल्यापटप बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले पहिलो पटक ल्यापटप भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।

पोकोको नयाँ ल्यापटप ब्याट्री (मोडल नं. आर१५बी०२डब्लू, आर१४बी०२डब्लू) ले भारतीय बीआइएस सर्टिफिकेट प्राप्त गरेको छ । यो ब्याट्री मोडल पोको ब्राण्डमा मार्क छ । भारतीय मिडिया रिर्पोटका अनुसार भारतमा छिट्टै पोको नयाँ ल्यापटप सार्वजनिक हुनेछ ।

शाओमीबाट छुटिएपछि पोको बाण्डले यो वर्ष कयौं डिभाइस सार्वजनिक गरिसकेको छ । ती सबै डिभाइस स्मार्टफोन हुन् । हाल कम्पनीले विभिन्न इलेक्ट्रिोनिक्स डिभाइसमा काम गरिरहेको छ ।

केहि समय अघि कम्पनीले पोको पोप बर्डस टीडब्लूएस एअरवड्सको टिजर जारी गरेको थियो । तर हालसम्म यो डिभाइस सार्वजनिक भने गरिएको छैन ।

जानकारीका अनुसार पोकोले आफ्नो पोर्टफोलियोको विस्तार सन् २०२१ बाट गर्नेछ । भारतमा शाओमीका ल्यापटप पहिलेदेखि उपलब्ध छ ।

शाओमीले सन् २०२० को जुनमा एमआई नोटबुक १४ सिरिज सार्वजनिक गरेको थियो । भारतीय बजारमा यो ल्यापटको सूरुवाती मूल्य ४१ हजार ९९९ भारु (करिब ६७ हजार १९८ रुपैयाँ) तोकिएको छ।

easy care

प्रकाशित: ५ पुष २०७७, आईतवार