गुणस्तरीय सेवा नदिएको भन्दै नेपाल टेलिकमको कार्यालय तालाबन्दी

Technology Khabar २६ मंसिर २०७७, शुक्रबार

गुणस्तरीय सेवा नदिएको भन्दै नेपाल टेलिकमको कार्यालय तालाबन्दी

काठमाडौं ।

गुणस्तरीय सेवा नदिएको जनाउँदै हुम्ला जिल्लास्थित नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ ।

महिनौं दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जिल्लाका युवा सङ्घ र नागरिक समाज मिलेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष सुवास रोकायाले जानकारी दिए ।

जिल्लामा महिनौं दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए । टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन् ।

टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय भएको जिकिर गरे ।

easy care

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार