पत्रकारितामा महिला सहभागिता बढाउन सेजनद्धारा तालिम सुरु

Technology Khabar १८ मंसिर २०७७, बिहीबार

पत्रकारितामा महिला सहभागिता बढाउन सेजनद्धारा तालिम सुरु

काठमाडौं ।

पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को सहयोगमा सेजनले पत्रकारिता गर्न इच्छुक र भर्खर सुरु गरेका महिलाको लागि वेबीनारमार्फत तालिम सुरु गरेको हो ।

६ वटा प्रदेशमा गरिने तालिमअन्तर्गत १ सय ८० महिला सहभागी हुने कार्यक्रम छ ।

बाग्मती प्रदेशबाट सुरु भएको सो तालिम बिहीबारदेखि कर्णाली प्रदेशका महिलाकालागि सुरु भएको छ ।

३० जना सहभागी तालिमको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री बिमला केसीले महिला पत्रकार वृद्धि र दिगोपनाकालागि प्रदेश सरकाले सहयोग गर्ने बताईन । पुरुष पत्रकारहरु धेरै अघि बढिसकेको भन्दै उनीहरुलाई भेटाउन महिला पत्रकारहरु दौडनुपर्ने अवस्था भएको मन्त्री केसीको भनाई थियो ।

कार्यक्रममा युएनडीपकी कर्णाली प्रदेशकी सजनी चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सिजुवाल, कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्य लगायतले महिला पत्रकारिता बारे चर्चा गरेका थिए ।

३५ जना सहभागी बाग्मती प्रदेशको तालिमको उद्घाटनमा भने शिक्षा मन्त्रालयकी उपसचिव दिव्या दवाडी, युएनडीपीकी आवासीय प्रतिनीधि आईसानी लावे, आईएफसीकी नेपाल भुटान र वंगलादेशकी देशीय निर्देशक वेन्डी वर्नर लगायतले पत्रकारितामा महिला सहभागी कम भएको भन्दै उनीहरुलाई पत्रकारितामा ल्याउनका लागि तालिमका साथै उचित सहजीकरण र समन्वय आवश्यक रहको बताए ।

बाग्मती प्रदेशको पत्रकारिता तालिममा पत्रकारहरु यशोदा तिमल्सिना, जुनारबाबु बस्नेत, भीम गौतम र सविन मिश्रले प्रशिक्षण दिएका थिए । भने कर्णालीको बिहीबारको तालिममा जीवन बस्नेत र रञ्जु काफ्लेले प्रशिक्षण दिएका थिए ।

६ प्रदेशका १ सय ८० महिलालाई तालिम दिएर उनीहरुलाई विभिन्न मिडियामा आवद्ध गराउने तथा उनीहरुलाई पत्रकारितामा सकृय बनाउनका लागि आवश्यकअनुसार थप तालिमहरु समेत गर्ने योजना सहित महिलाका लागि मात्र सेजनले तालिम सुरु गरेको अध्यक्ष भीम गौतमले जानकारी दिए ।

easy care

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

ताजा समाचार