शाओमी रेडमी नोट सिरिजका फोनहरु विश्वभर १४ करोड यूनिट बिक्री

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

शाओमी रेडमी नोट सिरिजका फोनहरु विश्वभर १४ करोड यूनिट बिक्री

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर शाओमी आफ्ना रेडमी नोट श्रृंखला स्मार्टफोनका विश्वव्यापी १४ करोड भन्दा बढी युनिटहरू बेचेको घोषणा गरेको छ ।

बजार अनुसन्धान कम्पनी ओमडियाका अनुसार नोट ८ फोनहरु पहिलो त्रैमासमा २०२० मा दोस्रो सबैभन्दा बढी बिक्रि हुने फोन भएको छ।

गत अक्टोबरमा कम्पनीले विश्वव्यापी रेडमी नोटको बिक्री १० करोडमा पुर्‍याएको थियो र यस वर्ष मार्चमा उनले ११ करोड यूनिट बिक्री माईलस्टोन मनायो। रेडमी नोट ८ श्रृंखला ( जसमा नोट ८, नोट ८ टी, र नोट ८ प्रो समावेश छ ।

गत मे २०२० मा ३ करोड बिक्रीमा पुगेको थियो र दुबै भेनिला र प्रो मोडलहरू सन् २०१९ को चौथो त्रैमासमा विश्वव्यापी रूपमा बेचेका शीर्ष १० स्मार्टफोनमध्ये दुई थिए।

रेडमीले यस बर्ष मार्चमा नोट ९ सिरिज घोषणा गर्‍यो, तर कम्पनीबाट कुनै बिक्री आंकडा आएको छैन् ।

रेडमीले सोहि सिरिजमा नै नोभेम्बर २४ लाई लाइनअपमा दुई थप सदस्यहरू थप्न अपेक्षा गरिएको छ जसमा रेडमी नोट ९ फाइभजी र रेडमी नोट ९प्रो फाइभ जी हुनेछन् ।

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ सार्वजनिक, ४८ मेगापिक्सेल क्यामरा र मिडियाटेक हेलियो प्रोसेसर

नेपाली बजारमा पनि रेडमी नोट सिरिजका फोनहरु निकै लोकप्रिय भएका छन् । कम्पनीले सबैभन्दा धेरै नोट ८ सिरिजका फोनहरु बिक्री गर्न सफल भएको थियो । हाल नोट ९ सिरिजका फोनहरु पनि बजारमा उपलब्ध छन् । एजेन्सीका साथ

यो पनि हेर्नुस्-

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र एमआई पावर बैंक २आई सार्वजनिक

easy care

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार