शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र एमआई पावर बैंक २आई सार्वजनिक

Technology Khabar २६ श्रावण २०७७, सोमबार

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र एमआई पावर बैंक २आई सार्वजनिक

काठमाडौं ।

शाओमीले नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थप्ने घोषणा गरेको छ । यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो।

‘रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेगमेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतमलाई चुनौती दिएको छ । यो सिरिज वास्तविक मी फ्यानहरुका लागि निर्मित गरिएको हो र हामी आशा गर्दछौं कि उनीहरुले औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई सरहाना गर्नेछन् किनकी हामी उत्कृष्ट विशेषताहरुका साथ उच्च गुणस्तरका उत्पादनहरु सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेका छौं,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

उनले लामो समयदेखि देशमा पावर बैंकको बढ्दो बजारलाई अवलोकन गरेर हामीले पावर बैंकको नयाँ लाइनमा मी को पावर बैंक ल्याएको बताए ।

रेडमी नोट ९ प्रो म्याक्स- प्रो क्यामरा, अधिकतम प्रदर्शन
शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ जसले पहिलो पटक सेगमेन्टमा प्राविधिक नवीनतालाई अगाडि धकेलेको छ ।

औरा ब्यालेन्स डिजाइन
औरा डिजाइन जुन हाम्रो रेडमी नोट ७ सिरिजमा प्रस्तुत गरिएको थियो यसले अहिले रेडमी नोट ९ प्रो म्याक्सका साथ प्याराडाइम शिफ्ट भएको छ ।

यसले सुधारिएको औरा ब्यालेन्स डिजाइन प्रस्तुत गर्दछ । १६.९सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्लेका साथ २०ः९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ र फ्रन्टमा भएको इन डिस्प्ले क्यामराले नोचहरुलाई हटाउँछ जसले यसलाई रेडमीको स्मार्टफानमा उपलब्ध अहिले सम्मकै ठुलो डिस्प्ले बनाउँछ।

रियरमा क्वाड क्यामरा सेटअप छ जुन पछाडि ग्लासमा सुरक्षित ढंगले बसेको छ र स्क्वायर डिजाइनले सबै लेन्सहरुमा लगातार फिल्ड अफ भ्यू सक्षम गर्दै लेन्सहरु स्विच गर्दै फोकसबाट कम शिफ्ट हुन सक्षम पार्दछ।

प्रयोगकर्ताको अनुभवलाई बढाउनका लागि, रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्शीस लिनियर भाइब्रेसन मोटर विशेषता छ, र यो सेग्मेन्टमा यस विशेषता हुने एक मात्र डिभाइस बनेको छ । जेड एक्शिस लिनियर मोटरले यूआईमा १५० भन्दा बढि कस्टुम भाइब्रेसन प्याट्रनमार्फत फ्ल्यागसीपमा जस्तो ह्यापटिक अनुभव प्रदान गर्दछ ।

पर्फमेन्स

रेडमी नोट ९ प्रो म्याक्समा पर्फमेन्शमा केन्द्रित क्वालकम स्न्यापड्रागन ७२०जी र ८एनएम चिपसेट छ जसमा कस्टुम प्चथय आर्टिटेक्चर छ । ७५० एमएचजेडमा एड्रिनो ६१८ जीपीयू को साथै स्न्यापड्रागन इलाइट गेमिङसंग जोडिएको छ । गेमिङ र पर्फमेन्शलाई बढाउन यस डिभाइसमा 2×2 MIMO वाईफाई छ जसले २एक्स थ्रुपुटसम्म, उत्कृष्ट लेटेन्सी, कभरेज र कल स्पष्टतालाई सक्षम बनाउँछ।

शाओमीको आईएसआरओ र क्वालकम टेक्नोलोजीहरुसँगको गहन साझेदारीको परिणामस्वरुप क्वालकम स्न्यापड्रागन ७२०जी को सपोर्टका साथ NavIC इन्ट्रीगेशन ल्याएर नेभिगेसनल टेकमार्फत छलांग मारेको छ । NavIC आईएसआरआईको इन्डिजीनियस नेभिगेशन प्रणाली हो जसले १५०० किमी र भारत उपमहादीपको वरिपरि कम टाइम टु फिक्स र उत्कृष्ट एकुरेसीको अनुमति दिन्छ ।

रेडमी नोट ९ प्रो म्याक्सले स्लिम प्रोफाइल कायम राख्दै विशाल ५०२० एमएएच ब्याट्री प्रस्तुत गर्दछ । रेडमी नोट ९ प्रो म्याक्स बक्समा ३३वाट फास्ट चार्जरको साथ आउँछ।

क्यामराः उत्कृष्ट गुणस्तर, अधिक रचनात्मकता
रेडमी नोट ९ प्रो म्याक्समा क्वाड क्यामरा सेटअपको सुविधा सहित ६४एमपी सामसङ्ग आइसोसेल ब्राइट जीडब्लु१ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्यूका साथ ८एमपी अल्ट्रा-वाइड सेन्सर, उद्योग अग्रणी ५एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर छ । फ्रन्टमा ठुलो ३२एमपी सेन्सर छ जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफी र एआई फेस अनलक सक्षम गर्दछ ।

प्रयोगकर्ताहरुले पहिलो पटक रेडमी स्मार्टफोनमा अब अध्यारो वातावरणमा पनि सेल्फी लिन सक्छन् र यसका लागि फ्रन्ट क्यामराको नाइट मोडलाई धन्यवाद ।

रचनात्मक र सृजनाकर्ताहरुलाई सक्षम गर्नका लागि रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि टुल जस्तै रियर क्यामेरा, दुवै मुख्य क्यामेरा र वाइड एन्गल सेन्सरमा सुपर स्टेबलाइजेशन छ । सुपर स्टेबलाइजेशनले ईआईएसको तुलनामा उच्च स्तरको स्थिरताका साथ प्रयोगकर्तालाई भिडियो सुट गर्न सक्षम गर्दछ । प्रयोगकर्ताले मुभी मोडमा सुट गर्न सक्दछन् जसले भिडियोमा २१ः९ फ्रेमको लागि अनुमति दिन्छ । ५ एमपी म्याक्रो सेन्सरले १०८० पी मा भिडियो रेकर्डिङ गर्न सक्षम गर्छ जुन यस सेग्मेन्टमा दुर्लभ छ ।

कलाइडस्कोप, दुवै रियर र फ्रन्ट क्यामेरामा भएको स्लो मोसन भिडियोले प्रयोगकर्तालाई इन्गेजिंग कन्टेन्ट बनाउन सक्षम गर्दछ । प्रो मोडमा भएको लग मोड, हिस्टोग्राम, फोकस पिकिंग, एक्सपोजर पिकिंगले कन्टेन्ट क्रेटरलाई आकस्मिक भिडियो निर्माणमा भन्दा धेरै राम्रो बनाउँन अनुमती दिन्छ।

१०००० एमएएच एमआई पावर बैंक २आई र २०००० एमएएच एमआई पावर बैंक २आई

१०००० एमएएच एमआई पावर बैंक २आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ । ८५ प्रतिशतसम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ।

उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २आई मा पोलीकार्बोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ।

दुवै १०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई मा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ । यसका साथै मी पावर बैंक २आईमा वर्ल्डक्लास सरकिट चिप प्रोटेक्सनको ९ तहहरु छन् र टेक्सास इन्स्ट्रुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ/डिस्चार्जिङ चिप छ । सुरक्षालाई सुनिश्चित गर्दै, यसले चार्जिङ कन्भर्जन दरलाई सुधार गर्दै डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउँछ ।

शाओमीका सबै पावर बैंकहरु हरेक चरणमा कडा गुणस्तर परिक्षणको ९ तहको र ३ स्तरको प्रोसेस इन्स्पेक्सन गरिन्छ।

मुल्य र उपलब्धता

रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट-इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा ६जीबी प्लस १२८जीबी र ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१,९९९ र रु ३४,९९९ मा उपलब्ध हुनेछ।

एमआई पावर बैंक २आई दुई भेरियन्टमा-१०००० एमएएच र २०००० एमएएचमा क्रमशः रु १,८९९ रु ३,१९९ मा उपलब्ध हुनेछ।

शाओमीको फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २६ श्रावण २०७७, सोमबार