सिजीले ल्यायो नयाँ वासिङ मेसिन, ९९.९९ प्रतिशतसम्म स्टेरलाइज गर्ने

Technology Khabar २३ कार्तिक २०७७, आईतवार

सिजीले ल्यायो नयाँ वासिङ मेसिन, ९९.९९ प्रतिशतसम्म स्टेरलाइज गर्ने

काठमाडौं ।

सिजीले नयाँ सिरिजको वासिङमेसिन सार्वजनिक गरेको छ । यो वासिङ मेसिन उच्च गुणस्तर तथा धेरै विशेषताहरुले भरिपूर्ण रहेको जनाइएको छ ।

यसको विशेषताहरुमा स्पा केयर, वि.एल.डी.सी. मोटर, वाटर क्युब ड्रम, स्वाइल लेबल र उल मार्क रहेको छ । स्पा केयरको सहायताले ७० डिग्री सम्म तापक्रममा बाफ उत्पन्न गरि कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशत सम्म स्टेरलाइज गर्दछ ।

यसमा वि.एल.डी.सी. मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशत सम्मको इनर्जी बचत गर्दछ । त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ ।

यो वासिङ मेसिनमा २,१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साईजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाज गरि यसमा रहेको जिद्दी भन्दा जिद्दी दागहरुलाई सजिलै हटाउने गर्दछ ।

यो वासिङ मेसिनमा स्वाइल वास प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापन गरि गहिराईमा गई धुलाई गर्नेछ । यसमा तीन वटा छुट्टा छुट्टै लेबल छन् । जसलाई आवश्यकता अनुरुप यसलाई छानिछानि प्रयोग गर्न सकिने छ ।

जाडो महिनालाई मध्यनजर गरि यस वासिङ मेसिनमा उल प्रोग्राम पनि राखिएको छ । जसले गर्दा जाडोमा प्रयोग हुने कपडाहरुलाई सजिलै धुन सकिन्छ ।

यो वासिङ मेसिन ८ र ९ केजीमा उपलब्ध छ । यो वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार