कोरोना संक्रमणपछिको अवस्थामा उत्साह भर्न एनसेलको ‘अनपज’ अभियान

Technology Khabar १९ कार्तिक २०७७, बुधबार

कोरोना संक्रमणपछिको अवस्थामा उत्साह भर्न एनसेलको ‘अनपज’ अभियान

काठमाडौं ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कोरोना संक्रमण र महामारी पछिको समयमा सबै नेपालीलाई अगाडी बढ्न र उत्साह भर्नका लागि नयाँ अभियान शुरु गरेको छ।

कोरोना महामारीले देश आक्रान्त भईरहेको बेला असहज परिस्थितीलाई आत्मसाथ गर्दै न्यू नर्मल अर्थात नव सामान्यीकरणका साथ अगाडी बढ्न प्रोत्साहन गर्न एनसेल आजियाटा लिमिटेडले अभियान थालेको हो।

कोरोना महामारी शुरुभएदेखि नै कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले बुधबार एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जालको पेजबाट सार्वजनिक गर्दै अभियान थालनी गरेको हो ।

‘अनपज ’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि सधै सँगैं’ अनुरुप संचालन गरेको हो ।

यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात बन्दाबन्दीको अवस्था, त्यसको असर र अहिलेको विषम परिस्थितीको बेलामा नव सामान्यीकरणका साथ कसरी अगाडी बढ्न सकिन्छ भनेर देखाईएको छ ।

‘बढ्छ जिन्दगी, जब अगाडी चल्छ जिन्दगी’ नाराका साथ कम्पनीले नयाँ भिडियो सार्वजनिक गरेको हो। जसमा कम्पनीले विषम परिस्थितीमा पनि हाम्रो भविश्यको लागि जिवनमा हार नमानी अगाडी बढ्नुपर्छ भन्ने संदेश दिन खोजेको छ ।

यसै अभियानको पाटोको रुपमा नै एनसेलले दशैँ अगाडी नै ‘मुभिङ अहेड वेबीनार सिरिज’ पनि संचालन गरेको थियो । यी वेबीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी लकडाउनले दिएका सिकाई तथा अनुभव, नव सामान्यीकरण तर्फको संक्रमणको समय र कोरोनाको संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर बहस भएको थियो ।

यो अभियानसँगसँगै एनसेलले पहिले लकडाउनको बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने संकेत गरेको छ ।

यस अघि नै एनसेलले ‘अघि बढौं’ भन्ने थिममा नारीका लागि विशेष सिम योजना ‘गो सिम’ ल्याईसकेको छ । लकडाउनका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्वाधरुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।

एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनस लगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल ९ अर्ब ६४ करोड रुपैयाँ भन्दाबढी मुल्यको योगदान गरेको छ।

एनसेलले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउने कार्यमा सक्रिय रहँदै आएको छ।

यस्तो छ एनसेलको नयाँ अभियानको भिडियो-

easy care

प्रकाशित: १९ कार्तिक २०७७, बुधबार