सिस्टम अपग्रेड गर्दै हिमालयन बैंक, शुक्रबार बैंकका सबै शाखाहरु बन्द हुने

Technology Khabar १३ कार्तिक २०७७, बिहीबार

सिस्टम अपग्रेड गर्दै हिमालयन बैंक, शुक्रबार बैंकका सबै शाखाहरु बन्द हुने

काठमाडौं ।

हिमालयन बैंकले शुक्रबारको दिन आफ्नो सम्पूर्ण सिस्टम अपग्रेड गर्ने भएको छ ।

बैंकले कात्तिक १४ गते शुक्रबार बैंकको सिस्टम अपग्रेड हुने हुँदा बैंकका सम्पूर्ण शाखाहरु पूर्णरुपमा बन्द गर्ने जानकारी दिएकोछ ।

सो दिन बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटिएम सेवा भने सुचारु हुने बैंकले जनाएको छ ।

 

त्यसैगरि सो दिन बैंकसँग सम्बन्धित कुनैपनि चेक तथा कारोबारहरुको फछ्र्यौट नेपाल क्लियरिङ्ग हाउसका प्रणालीहरुबाट नहुने जानकारी दिईएको छ ।

easy care

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

ताजा समाचार