गूगल म्याप्समा अब साइकल नेभिगेसनसँग सम्बन्धित नयाँ सुबिधा उपलब्ध

Technology Khabar ९ कार्तिक २०७७, आईतवार

गूगल म्याप्समा अब साइकल नेभिगेसनसँग सम्बन्धित नयाँ सुबिधा उपलब्ध

काठमाडौं ।

गूगलका अनुसार, विश्वभर कोभिड-१९ को महामारीको समयमा गूगल म्याप्समा साइकल नेभिगेशनको माग तीव्र गतिमा बढेको छ।

साइकल नेभिगेशनको अनुरोधहरू करिब ६५ प्रतिशतले बढेको छ र गूगलले अब केही प्रमुख शहरहरूको लागि उपयोगी हुनेगरि बाइकिंग सम्बन्धित सुविधाहरू र नेभिगेसनको साथ सो अनुरोधमा केही प्रतिक्रिया गर्दैछ।

गूगलले एआई एल्गोरिदम, क्राउडसोर्स गरिएको डाटा र स्थानीय नगरपालिकाको साथमा डाटा संकलन गरेर सो फिचर प्रयोग शुरु गरेको छ ।

केही शहरहरूमा, अब तपाईं साइकल लेनहरू वा साइकल(मैत्री सडकहरू र क्षेत्रहरूमा मार्गदर्शन गर्न गूगल म्याप्स प्रयोग गर्न सक्नुहुनेछ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यदि तपाईं दुई पाँग्रेमा सवारी गरिरहनुभएको समयमा केहि राम्रा ट्रिकी सर्टकटहरू समात्नुहुन्छ।

यसका अतिरिक्त, गूगल म्याप्सले बाइक भाडामा दिने स्पटहरू उपलब्ध भएको बेलामा अब स्टेप वाई स्टेप नेभिगेसन प्रस्ताव गर्दछ । यो सार्वजनिक यातायात नेभिगेसन जस्तै हुनेछ तर बाइकमा मात्र।

गूगल म्याप्ससँग नेभिगेट गर्ने बेलामा बुकिंग प्रक्रिया सजिलो बनाउनको लागि विभिन्न शहरहरूमा बाइक भाडाका सेवाहरूसँग पनि एकिकृत गरिएको छ। एजेन्सी

easy care

प्रकाशित: ९ कार्तिक २०७७, आईतवार

ताजा समाचार