भारतीय ब्राण्ड माइक्रोम्याक्सले नोभेम्बर ३ मा नयाँ स्मार्टफोनहरु लन्च गर्ने

Technology Khabar ८ कार्तिक २०७७, शनिबार

भारतीय ब्राण्ड माइक्रोम्याक्सले नोभेम्बर ३ मा नयाँ स्मार्टफोनहरु लन्च गर्ने

काठमाडौं ।

भारतीय स्मार्टफोन निर्माता माइक्रोम्याक्स फेरि पुन बजारमा आउने तयारी गर्दैछ । केहि समयअघि कम्पनीका सीईओले नयाँ भावनात्मक भिडियो मार्फत पुन आउने बारेमा कुरा गरेका थिए।

माइक्रोम्याक्सका सीईओ राहुल शर्माले केहि दिनअघि भिडियोमा भारत चिनबिचको सीमा विवाद बारेमा बोल्दै सो राम्रो नभएको र अब बजारमा फर्किन लागेको बताए।

यद्यपि उनले जारी भिडियोमा स्मार्टफोनको बारेमा धेरै कुरा भने गरेनन्। जस्तै- यस फोनको सेगमेन्ट के हुनेछ र विशेषता के हुन्छ भनेर।

माइक्रोम्याक्सले नयाँ फोन लन्च हुनु अघि ‘चिनियाँ कम’ को ह्यासट्याग पनि जारी गरेको छ।

यद्यपि, अब माइक्रोमेक्सले आफ्नो नयाँ श्रृंखला स्मार्टफोनको लागि मिति घोषणा गरेको छ। नयाँ माइक्रोम्याक्स स्मार्टफोन नोभेम्बर ३ मा भारतीय समयअनुसार दिउँसो १२ बजे लन्च गरिनेछ।

सो इभेन्ट कम्पनीले भर्चुअल आयोजना गरेर आईएन सिरिजका स्मार्टफोनहरू सार्वजनिक गर्नेछ। यो आशा गरिन्छ कि कम्पनीले बजेट र मिड रेन्जको सेगमेन्टमा स्मार्टफोन ल्याउनेछ।

केहि रिपोर्टका अनुसार माइक्रोम्याक्सले आईएन श्रृंखलाको दुई स्मार्टफोन लन्च गर्नेछ। तिनीहरुमा मिडियाटेकको प्रोसेसर हुनेछ।

आईएन माईक्रोम्याक्सको श्रृंखलाको स्मार्टफोनमा ६.७ इन्च एचडी प्लस डिस्प्ले हुनेछ। यस स्मार्टफोनको दुई मेमोरी भेरियन्टहरू ३ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा लन्च हुन सक्नेछ ।

अब माइक्रोम्याक्सले चिनियाँ कम्पनीहरूसँग भारतीय बजारमा कसरी प्रतिस्पर्धा गर्दछ भनेर हेर्नु निकै रोचक हुनेछ। किनभने भारतीय स्मार्टफोन बजार चिनियाँ कम्पनीहरूले प्रभुत्व जमाएका छन्। एजेन्सी

easy care

प्रकाशित: ८ कार्तिक २०७७, शनिबार

ताजा समाचार