रिलायन्स जियो र क्वालकमद्धारा फाइभजीको सफल परीक्षण, भारतमा १ जीबीपीएसको स्पीड दिने

Technology Khabar ५ कार्तिक २०७७, बुधबार

रिलायन्स जियो र क्वालकमद्धारा फाइभजीको सफल परीक्षण, भारतमा १ जीबीपीएसको स्पीड दिने

काठमाडौं ।

भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले अमेरिकी प्रविधि कम्पनी क्वालकमको सहयोगमा भारतमा ५जी नेटवर्कको सफल परीक्षण गरेको छ।

दुबै कम्पनीहरूले यो घोषणा अक्टोबर २० मा सान डिएगो, अमेरिकामा आयोजित भर्चुअल कार्यक्रममा गरेका छन्। परीक्षणसँगै अब भारतमा चाँडै ५जी नेटवर्क सुविधा ग्राहकहरुको लागी उपलब्ध हुने अनुमान गरिएको छ ।

समाचार रिपोर्टका अनुसार, जियो र क्वालकमले घोषणा गरे कि उनीहरूले १ जीबीपीएस भन्दा बढीको गति ५जी एनआर सोल्युसनहरू र क्वालकम ५ जी र्यान प्लेटफर्ममा हासिल गरिसकेका छन्।

हाल अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, स्विजरल्याण्ड र जर्मनी जस्ता देशका ५जी ग्राहकहरूले १ जीबीपीएस इन्टरनेट गति पाइरहेका छन्।

रिलायन्स जियोका अध्यक्ष मैथ्यू ओमानले क्वालकम कार्यक्रममा भने, ‘क्वालकम र रिलायन्सको सहयोगी कम्पनी रेडिसिससँग मिलेर हामी ५जी टेक्नोलोजीमा काम गर्दैछौं जुन छिट्टै भारतमा सुरू गर्न सकिन्छ। आउँदो दिनमा, भारतमा प्रयोगकर्ताहरूले १ जीबीपीएस सम्मको स्पीडको आनन्द लिन सक्नेछन्।’

रिलायन्स जियोमा अमेरिकी कम्पनी क्वालकमले समेत लगानी गरेको छ । त्यसैगरि जियोले भारतमा सबैभन्दा सस्तो ५जी स्मार्टफोन ल्याउने योजना समेत लिएको छ ।

तर भारतमा हालसम्म ५जी नेटवर्कको परीक्षण र संचालनको अनुमति दिईएको छैन भने सरकारले कहिले सो अनुमति दिनेछ भन्ने जानकारी छैन् । एजेन्सी

easy care

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

ताजा समाचार