यस्तो डिजाइन र लूक्समा आउने छ सामसङको ग्यालेक्सी एस२१ र एस२१ अल्ट्रा

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

यस्तो डिजाइन र लूक्समा आउने छ सामसङको ग्यालेक्सी एस२१ र एस२१ अल्ट्रा

काठमाडौं ।

सामसँग ग्यालेक्सी एस२१ र ग्यालक्सी एस२१ अल्ट्राका रेन्डरहरू अनलाइनमा लीक भएको छ, जसको बारेमा नयाँ रिपोर्टमा उल्लेख छ।

ग्यालेक्सी एस २१ श्रृंखला (तर यो आधिकारिक नाम हैन) केही समयदेखि समाचारहरुमा आईरहेको छ, यद्यपि सामसङले आगामी फ्ल्यागशिप लाईनअप स्मार्टफोनको नामको पुष्टि गरेको छैन, तर यो श्रृंखलामा ग्यालेक्सी एस २१ र यसको प्लस वा अल्ट्रा भेरियन्ट समावेश हुने विश्वास छ।

लीक भएका रेन्डरहरूबाट सामसङ ग्यालेक्सी एस२१ को डिजाइन हेर्न सकिनेछ जुन सामसङ ग्यालेक्सी एस२० जस्तै पञ्चहोल कटआउट र बेजेललेस डिस्प्लेको साथ देखिन्छ।

सामसङ ग्यालेक्सी एस२१ का रेन्डरहरू भ्वाइसद्वारा अनलिक्सको सहयोगमा साझेदारी गरिएको हो। यी रेन्डरहरूमा देखाईएको डिजाइन ग्यालक्सी एस२० श्रृंखलासँग धेरै मिल्दोजुल्दो छ।

यो रेन्डरमा देख्न सकिन्छ कि फोनको बिचमा होल-पंच कटआउट, स्लिम बेजेल र ट्रिपल रियर क्यामरा सेटअप छ। पछाडिको क्यारा प्यानल ठाडो रूपमा क्यामरा मोड्युलमा अवस्थित छ, जसको अलि अद्वितीय डिजाइन रहेको देखिन्छ।

फोनको पछाडिको प्यानलमा अवस्थित फ्ल्यास लाईट क्यामरा मोड्युल केहि बाहिर निस्किएको जस्तो छ। रिपोर्टले भन्छ कि यस फोनलाई ६.२ इन्चको फ्ल्याट डिस्प्ले दिइनेछ, जसको डाइमेन्सन ग्यालेक्सी एस २०को जस्तै हुनेछ, जबकि यो क्यामरा बम्पको साथ ९ एमएम मोटाईको हुनेछ।

सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको बारेमा कुरा गर्दा फोनको घुमाउरो डिस्प्ले र स्क्रिन भ्वाईस द्वारा साझा गरिएको रेन्डरमा छुट्टाछुट्टै रिपोर्टमा देखा परेको छ। स्क्रिनको बारेमा भनिएको छ कि यो ६.७ देखि ६.९ इन्चको बीचमा हुनेछ। ठूलो क्यामरा मोड्युल फ्ल्यासको साथमा चार क्यामरा सेन्सरहरु पछाडि प्यानलमा अवस्थित हुनेछ। सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको मोटाई क्यामरा बम्पको साथ १०.८ एमएम छ। यो फोन एस पेन सपोर्टको साथ आउने बताईएको छ तर फोनमा एस पेनको लागि कुनै स्लट प्रदान गरिने छैन।

सामसङले ग्यालेक्सी एस २१ श्रृंखलाको रिलीज मिति सम्बन्धी कुनै जानकारी साझा गरेको छैन न त यी स्मार्टफोनको नाम के हुन्छ भनेर नै भनिएको छ।

यद्यपि हालै आएको एक रिपोर्टले दक्षिण कोरियाली कम्पनीको यो नयाँ लाइनअप अर्को वर्ष जनवरीमा सुरू हुने उल्लेख गरेको छ। एकै साथ ग्यालेक्सी एस २१ सीरिजको स्मार्टफोन ५ कलर अप्सनमा प्रदान गरिनेछ, जुन ग्रे, पिंक, सिल्वर, वायोलेट र व्हाइट हुनेछ। एजेन्सी

easy care

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार

ताजा समाचार