प्राधिकरणले तयार पार्यो दूरसञ्चार ऐनको मस्यौदा, तिहारपछि छलफल गराउने मन्त्रालयको योजना

Technology Khabar २७ आश्विन २०७७, मंगलवार

प्राधिकरणले तयार पार्यो दूरसञ्चार ऐनको मस्यौदा, तिहारपछि छलफल गराउने  मन्त्रालयको योजना

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ दूरसञ्चार ऐनको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेश गरेको छ । प्राधिकरणले तयार पारेको मस्यौदा बोर्डबाट पारित गरि मन्त्रालयमा पेश गरेको हो ।

हाल लागू रहेको दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्नेगरि ल्याउन लागिएको नयाँ ऐनको सो मस्यौदाले अहिलेको अवस्थाअनुसार दूरसञ्चार क्षेत्रलाई नियमन गर्ने बताईएको छ ।

मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले सो मस्यौदा हाल प्रारम्भिक छलफलमा नै रहेको र त्यसले कुनै ठोस आकार नलिएको बताए ।

‘अहिले मन्त्रालय अन्तरगत नै प्रारम्भिक मस्यौदा आएको हो । त्यसमा सरोकारबालाहरुसहितलाई राखेर बृहत छलफल गराउनुपर्छ, अहिले यो संभव छैन र तिहारपछि गर्ने योजनामा छ,’ सचिव बस्यालले भने ।

उनकाअनुसार सरोकारबालाहरुको वृहत छलफलपछि आउने सुझाबहरुपछि मात्र त्यसलाई अन्तिम रुप दिईनेछ । यसअघिका छलफलहरु सरोकारबालाहरुसँग पर्याप्त नगरिएको भन्दै त्यसमा पुन नयाँ किसिमले छलफल गरिने उनले बताए ।

मन्त्रालयमा बुझाएको मस्यौदामा दूरसञ्चार सोवको फ्रिक्वेन्सी अक्सन, प्रविधि तटस्थताको विषय, दूरसञ्चार विकास कोष, स्याटेलाइटको स्थापना, संचालन र उपयोग लगायतका विषयहरु समेटिएका छन् ।

easy care

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

ताजा समाचार