मोटोरोला होम अप्लाएन्स बजारमा प्रवेश, ल्यायो विभिन्न स्मार्ट होम अप्लाएन्सहरु

Technology Khabar २५ आश्विन २०७७, आईतवार

मोटोरोला होम अप्लाएन्स बजारमा प्रवेश, ल्यायो विभिन्न स्मार्ट होम अप्लाएन्सहरु

काठमाडौं ।

टेक कम्पनी मोटोरोला अब स्मार्ट होम अप्लाएन्सको बजारमा समेत प्रवेश गरेको छ ।

कम्पनीले यसअघि भारतीय बजारमा स्मार्ट टिभी लन्च गरेको थियो भने यहि शुक्रबार कम्पनीले फुल रेन्जमा स्मार्ट होम अप्लाएन्स ल्याएको हो ।

मोटोरोलाले भारतीय बजारको आकर्षणलाई हेरेर पहिलो पटक होम अप्लाएन्स ल्याएको अनुमान गरिएको छ ।

कम्पनीले स्मार्ट टिभीका साथै, स्मार्ट रेफ्रिजेरेटर, स्मार्ट एयरकण्डिशनर, स्मार्ट वासिंगमेशिनलगायतका इलेक्ट्रोनिक्स उपकरणहरु लन्च गरेको हो ।

यी सबै डिभाइसहरुमा पूर्णरुपमा वाईफाईमा आधारित रहेका छन भने स्मार्टफोन एपबाटै सबै उपकरणहरुलाई नियन्त्रण गर्न सकिने बताईएको छ ।

यी उपकरणहरु विभिन्न मूल्य र स्पेशिफिकेसन र भेरिएन्टमा लन्च भएका हुन् । एजेन्सी

easy care

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

ताजा समाचार