क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी कारोबारमा संलग्न व्यक्तिलाई कारबाही गर्ने तयारी

Technology Khabar १२ आश्विन २०७७, सोमबार

क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी कारोबारमा संलग्न व्यक्तिलाई कारबाही गर्ने तयारी

काठमाडौं ।

नेपालभित्र क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सीको अवैध कारोबार गर्ने विरुद्ध उद्योग तथा बाणिज्य मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयअन्तरगतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सी कारोबारीलाई कारबाही गर्ने बारे र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्र पठाउँदै छलफल गरेको छ ।

नेपाल राष्ट्र बैंकले ५ वर्ष अगाडि नै नेपालभित्र क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सीको कारोबारलाई प्रतिबन्धित गरेको छ । तर त्यस्तो कारोबारको बारेमा सामाजिक सञ्जालमार्फत प्रबर्द्धन हुँदै आएको छ ।

अबैध क्रिप्टोकरेन्सी माइनिङ्ग गर्ने एपको बारेमा सामाजिक सञ्जालमा शेयर गरिँदै

नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते नेपालमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सी कारोबार गैरकानूनी भएको बताएको थियो ।

हाल सिआईबीलाई पठाएको पत्रमा विभागले सो विषयमा अध्ययन गरिरहेको र थप छानबिनमा सहयोग गर्न भनिएको छ।

यसैबिच सोमबार वाणिज्य विभागमा दुई निकाय बीच अनुसन्धान र कारबाही प्रक्रिया बारे छलफल समेत भएको छ।

सामाजिक सञ्जाल मार्फत पाइलगायतका अन्य डिजिटल मुद्रा प्रयोग बढ्दै गएको र ठगीको जोखिम बढेर गएको भन्दै विभागले सिआईबीको सहयोगमा अनुसन्धान गर्न लागेको हो ।

जसमा वन क्वाइन डिजिटल करेन्सीका गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजी श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन, क्यास क्वाइनका विजय शाह र दिनेश शाह, पाई नेटवर्कमा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरिएको छ ।

यो पनि हेर्नुस् –

अर्थमन्त्री डा. खतिवडाले भने- भर्चुअल करेन्सी बारे लगानीकर्ताहरुबिच सचेतना फैलाऔं

easy care

प्रकाशित: १२ आश्विन २०७७, सोमबार