ट्विटरले २०२० को अमेरिकी राष्ट्रपति चुनावका लागि एकाउन्टहरुमा उच्च सुरक्षा अपनाउँदै

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

ट्विटरले २०२० को अमेरिकी राष्ट्रपति चुनावका लागि एकाउन्टहरुमा उच्च सुरक्षा अपनाउँदै

काठमाडौं ।

ट्विटरले २०२० को अमेरिकी चुनावलाई मध्यनजर गर्दै उच्च पदस्थ तथा चुनावसँग सम्बन्धित एकाउन्टहरु सुरक्षाका लागि नयाँ सुरक्षाका उपायहरु अगाडि सारेको छ।

केही एकाउन्टहरुले विशिष्ट सुरक्षा मापदण्ड अपनाउनु पर्ने भएकाले कम्पनीले शंकास्पद एकाउन्टहरुका गतिविधिमाथि नजर राख्न उच्चस्तरको अलर्ट सिस्टमसहितको आन्तरिक सुरक्षा प्रणाली पनि अपनाउने भएको छ।

गएको जुलाईमा ह्याकरहरुले ट्विटर ह्याक गरी थुप्रै उच्च पदस्थ व्यक्तिहरुका एकाउन्टमा क्रिप्टोकरेन्सी बारेको पोष्ट राखिदिएको सम्झना गर्दै कम्पनीले चुनावका लागि थप सुरक्षा उपाय अवलम्बन गरेको हो।

उच्च सुरक्षासहितका एकाउन्टहरुमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, उप राष्ट्रपति तथा अहिलेका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन तथा न्यूयोर्क सिटीका पूर्व मेयर माइकल ब्लूमबर्ग लगायतका छन्।

यतिखेर ट्विटरलगायत अन्य सामाजिक सञ्जालहरु मिथ्या सूचना तथा अफवाह फैलन बाट जोगाउन संघर्ष गरिरहेका छन्। आजैबाट ति एकाउन्टहरुमा नयाँ पालना गर्नुपर्ने नियमका बारेमानोटिफिकेशन दिइने कम्पनीले जनाएको छ।

यसका लागि सहजै अन्दाज गर्न नसकिने पासवर्ड राख्नुपर्ने टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्नुपर्नेछ। त्यस बाहेक ट्विटर आफैँले यसता एकाउन्टहरुमा पासवर्ड रिसेटको विकल्प राखिदिनेछ। यसका लागि प्रयोगकर्ताले इमेल र फोन नम्बर कन्फर्म गर्नुपर्ने हुन्छ।

यो नियम यूएस एक्जुकेटिभ ब्रान्च अफ कंग्रेस, गभर्नर तथा राज्यस्तर सचिव, राष्ट्रपति निर्वाचर अभियानमा संलग्न व्यक्तिहरु, राजनैतिक दल र हाउस, सिनेट र गभर्नर पदका लागि उम्मेदवार भएका सबैको एकाउन्टमा बाध्यकारी रुपमा लागू हुनेछ। यसबाहेक अमेरिकाका प्रमुख राजनैतिक गन्तव्य तथा राजनीति विधाका पत्रकारहरुलाई समेत यो नियम लाग्नेछ।

चुनावअघि ट्विटर आफैंले अनधिकृत रुपमा अरुको एकाउन्ट ह्याक गर्ने तथा अन्य शंकास्पद गतिविधि रोक्न आन्तरिक अलर्ट सिस्टमको पनि प्रयोग गर्ने भएको छ।

easy care

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार