स्टारलिंक स्याटेलाइटहरु मार्फत १०० एमबीपीएस डाउनलोड गतिमा इन्टरनेट सेवा

Technology Khabar २३ भाद्र २०७७, मंगलवार

स्टारलिंक स्याटेलाइटहरु मार्फत १०० एमबीपीएस डाउनलोड गतिमा इन्टरनेट सेवा

काठमाडौं ।

आफ्नो नवीनतम ब्याचको इन्टरनेट-बीमिङ्ग स्टारलिंक स्याटेलाइटहरूको प्रक्षेपणको क्रममा, स्पेसएक्सले योजना गरिएको स्टारलिंकको क्षमताको बारेमा प्रमुख विवरणहरू खुलासा गरेको छ ।

कम्पनीले दाबी गरेअनुसार आफ्नो स्याटेलाइटहरूले ‘सुपर लो लेटेन्सी र १०० एमबीपीएस’ भन्दा बढि डाउनलोड गति देखाइदिएको छ।

यो गति अझै स्पेसएक्सले स्टारलिंकको नेटवर्कको लागि दावी गरेको भन्दा त्यति तिब्र किसिमको छैन, तर यो प्रारम्भिक प्रयोगकर्ता परीक्षणले देखाएको भन्दा केही छिटो छ।

स्टारलिंक स्पेसएक्सको महत्वाकांक्षी योजना हो जुन पृथ्वीमा ब्रोडब्यान्ड कभरेज प्रदान गर्न लगभग १२,००० उपग्रहहरू पृथ्वीको वरिपरि लो अर्विटमा प्रक्षेपण गर्ने योजना हो।

यस प्रणालीका प्रयोगकर्ताहरू भनेको पृथ्वीमा निजी एन्टेना प्रयोग गरेर नेटवर्कलाई ट्याप गर्नेहरु हुन्, जसलाई स्पेसएक्सका सीईओ एलन मस्कले “यूएफओ अन अ स्टिक” जस्तो देखिने भनेर बताएका छन्।

गत साताको प्रक्षेपणको क्रमपछि स्पेसएक्सले कक्षामा ७०० भन्दा बढी उपग्रहहरू राखेको छ, मस्कका अनुसार ‘प्रारम्भिक अपरेशनल क्षमता’ प्रदान गर्न कम्तिमा अब ४०० स्याटेलाइटहरु आवश्यक छ र करिब ८०० स्याटेलाइटहरु ‘महत्वपूर्ण परिचालन क्षमताहरू’ प्रदान गर्न आवश्यक छ।

कम्पनीका कर्मचारीहरुले यसअघि नै सो इन्टरनेट सेवाको परीक्षण गर्न शुरु गरिसकेका छन भने उनीहरुले त्यसको डाटा स‌ंकलन गरिरहेका छन् ।

यो निकै महत्वपूर्ण भएपनि स्पेसएक्सले दाबी गरेअनुसारको गीगाबाइट स्पीड पाउन भने अझै समय लाग्ने देखिन्छ।

कम्पनीले नियमनकारीमा पेश गरेको जानकारीअनुसार गीगाबाइट स्पीड प्राप्त गर्न कम्तिमा ४,४०० वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याउनुपर्नेछ। एजेन्सीका साथ

easy care

प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

ताजा समाचार