एप्पलका सहसंस्थापक स्टिभ वोज्नियाकको सहभागीतामा क्वान्टम ह्याक ह्याकाथन सम्पन्न

Technology Khabar १५ भाद्र २०७७, सोमबार

एप्पलका सहसंस्थापक स्टिभ वोज्नियाकको सहभागीतामा क्वान्टम ह्याक ह्याकाथन सम्पन्न

काठमाडौं ।

नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका बिद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथन कार्यक्रम आयोजना गरिएको छ ।

वेविनार मार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै बिभागको सहभागिता रहेको सो कार्यक्रम भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्टजेन संस्थाले आयोजना गरेको थियो ।

प्रकोप ब्यवस्थापन, सबैका लागि आधुनिक बित्तीय ब्यबस्थापन, शिक्षा, स्वास्थ तथा शहरी जनसंख्या ब्यवस्थापन, वातावरण लगायत स्वतन्त्र बिचार शीर्षक जस्ता बिभिन्न छ बटा बिधामा प्रबिधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढि समुहका २५० जनाले बिभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।

करिव दुईहजार पाँचसय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा बिश्व प्रशिद्ध एप्पल कम्पनीका सह संस्थापक स्टिभ वोज्नियाकले बिशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए भने आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड ब्यवस्थापक डेनभर डि सुजाले मुख्य बक्ताको रुपमा सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा नासा, अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए । बिभिन्न बिधाका बिशेषज्ञ तथा माइक्रोसफ्ट एबं बिभिन्न प्रतिष्ठित संस्थाका बिज्ञहरुले प्रस्ताबित परियोजनाको मूल्याङ्कन गरेका थिए । परियोजना प्रतियोगितामा बिभिन्न छ बटा टिम पुरस्कृत भएका थिए ।

लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशालाका लगायत स्वदेशी तथा बिदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एबं अन्य कार्यक्रम प्रस्तुत गरेको आयोजकले जानकारी दिएको छ ।

‘यो जटिल अवस्थामा यति बृहद र एप्पलका सहसंस्थापक तथा आईबिएम जस्ता प्रतिष्ठित संस्थाको उच्च सहभागिता हाम्रोलागि गौरब र प्रेरणाको बिषय हो,’ नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियारले भने, ‘यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठुलो परिबर्तन ल्याउनेमा हामी बिश्वस्त छौ, यो ह्याकाथनको ठुलो फड्को पनि हो ।’

easy care

प्रकाशित: १५ भाद्र २०७७, सोमबार