क्यान्सरबाट हालै निधन भएका हलिउड कलाकारको ट्वीटले पायो सबैभन्दा धेरै ‘लाइक’

Technology Khabar १५ भाद्र २०७७, सोमबार

क्यान्सरबाट हालै निधन भएका हलिउड कलाकारको ट्वीटले पायो सबैभन्दा धेरै ‘लाइक’

काठमाडौं ।

क्यान्सर रोगसँग लड्दैगर्दा हालै निधन भएको हलिउडका कलाकार चाडविक बोसेम्यानको ट्विटर एकाउन्टबाट गरिएको ट्विट अहिलेसम्मकै सबैभन्दा धेरै लाइक पाएको ट्वीट भएको छ ।

हलिउडका कलाकार बोसेम्यानको ट्विटर अकाउन्टबाट शुक्रबार पठाइएको ट्वीटले अभिनेताको मृत्युको घोषणा गरेको थियो भने उनको लगनशीलता र लडने भावनाको वर्णन गर्यो र यो नै अहिलेको सबैभन्दा मनपरेको ट्वीट हुन पुगेकाे छ ।

सो बारेमा गरिएको ट्वीट नै ट्वीटरमा सबैभन्दा धेरै लाइक पाएको ट्वीट भएको बताएको छ ।

“एक राजाको लागी एक सहि श्रद्धांजलि,” ट्विटरको आधिकारिक खाताबाट सो रेकर्ड घोषणामा शनिबार भनियो ।

उनले बोसेमानको एकाउन्टबाट रेकर्ड ब्रेकिंग ट्वीट शुक्रबार बिहान गरिएको थियो । जसमा उनको हँसिलो श्यामस्वेत तस्विरका साथमा बोसेम्यानको परिवारले साझा गरेको बयान छ जसमा उनी ४ बर्ष कोलोनको क्यान्सरसँग लडे पछि बितेका थिए।

सो ट्वीटले हालसम्म ७३ लाख लाइक पाएको छ भने २२ लाख रिट्वीट गरिएको छ ।

यसअघि यस्तो ट्वीटको रेकर्ड अगस्ट २०१७ मा रहेको थियो । जसमा बाराक ओबामाको ट्वीटले पाएको थियो । यसमा ४३ लाख लाइक रहेका थिए । एजेन्सीका साथ

 

easy care

प्रकाशित: १५ भाद्र २०७७, सोमबार

ताजा समाचार