सामसङको यूभी स्टेरिलाइजर उपकरण भारतीय बजारमा, १० मिनेटमा ब्याक्टेरिया र कीटाणु मार्ने

Technology Khabar १८ श्रावण २०७७, आईतवार

सामसङको यूभी स्टेरिलाइजर उपकरण भारतीय बजारमा, १० मिनेटमा ब्याक्टेरिया र कीटाणु मार्ने

काठमाडौं ।

विश्वव्यापी कोरोना संक्रमणको दौरान, दक्षिण कोरियाली इलेक्ट्रोनिक्स र ग्याजेटहरू र घरेलु उपकरणहरूका निर्माता सामसङले एक यूभी स्टेरिलाइजर उपकरण बजारमा ल्याएको छ।

यो डिभाइसका साथ तपाईं आफ्नो स्मार्टफोनहरू, चश्मा, ईयरबडहरू इत्यादिलाई सेनिटाइज गर्न सक्नुहुनेछ। यो वायरलेस चार्जिंग सपोर्टको साथ आउँदछ।

दुई स्वतन्त्र प्रमाणीकरण संस्था इन्टर्टेक र एसजीएसकाअनुसार यूवी स्टेरिलाइजरले ईकोली, स्टेफिलोकोकस अउरियस र क्यान्डिडा अल्बिकान्स सहित ९९ प्रतिशत ब्याक्टेरिया र कीटाणु मार्छ।

यो स्टेरिलाइजरले तपाईंको ग्यालेक्सी स्मार्टफोन, ग्यालेक्सी बड्स र स्मार्ट वाचलाई १० मिनेटमा नै कीटाणुमुक्त गर्न सक्दछ।

यसलाई सामसङ मोबाइल एक्‍सेसरीज पार्टनरशिप प्रोग्रामअन्तरगत एक पार्टनर सामसङ सी एण्ड टी द्धारा तयार पारिएको हो।

यो बिभिन्न साइजका उपकरणहरुलाई ध्यानमा राखेर तयार गरीएको छ जसबाट तपाईं अधिकतम प्रयोग गरिने उत्पादनहरू स्टेरिलाइजर गर्न सक्नुहुन्छ।

यो एसेसरिजले वायरलेस रूपमा १० वाटको क्यूआई कम्प्याटिबल उपकरणहरू चार्ज गर्न सक्दछ ।

हाल भारतीय बजारमा सार्वजनिक गरिएको सामसङको यो यूभी स्टेरिलाइजरको मूल्य ३,५९९ भारु तोकिएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १८ श्रावण २०७७, आईतवार