विद्युत प्राधिकरणको भरतपुर-हेटौंडा अप्टिकल फाइबरमा शुक्रबार र शनिवार अवरोध आउन सक्ने

Technology Khabar ८ श्रावण २०७७, बिहीबार

विद्युत प्राधिकरणको भरतपुर-हेटौंडा अप्टिकल फाइबरमा शुक्रबार र शनिवार अवरोध आउन सक्ने

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको नयाँ अप्टिकल फाइबर जोड्ने कार्यले गर्दा भरतपुर-हेटौंडा अप्टिकल फाइबर लिंकमा अवरोध आउसक्ने भएको छ ।

प्राधिकरणले सो नेटवर्क प्रयोग गरिरहेका सबै टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र पठाउँदै नयाँ निर्माण गरिएको सब स्टेशनमा सो फाइबर केबलमा जोडिने हुँदा कनेक्सनमा समस्या आउन सक्ने जानकारी दिएको छ।

विद्युत प्राधिकरणले सो क्षेत्रमा साउन ९ गते १० बजेदेखि साउन १० गते १२ बजेसम्म कुनैपनि समयमा अप्टिकल फाइबर कनेक्टिभिटीमा अवरोध हुनसक्ने बताएको हो ।

विद्युत प्राधिकरणले सो क्षेत्रको पूर्वी चितवनमा नयाँ सब स्टेशन निर्माण गरेको र त्यसमा अप्टिकल फाइबर केबल जडान गरिने परियोजना प्रमुख रमण शर्माले जानकारी दिए।उनले सब स्टेशनमा केबल जोड्ने कामले केहि समय सामान्य समस्या  हुनसक्ने बताए ।

नयाँ सबस्टेशन बनाउने काम विद्युत प्राधिकरणको पूर्वी चितवन सबस्टेशन परियोजनाले हेरिरहेको छ।

easy care

प्रकाशित: ८ श्रावण २०७७, बिहीबार

ताजा समाचार