प्रतिबन्ध र महामारीका बिच ह्वावेको आम्दानी २०२० को पहिलो ६ महिनामा वृद्धि

Technology Khabar ३० असार २०७७, मंगलवार

प्रतिबन्ध र महामारीका बिच ह्वावेको आम्दानी २०२० को पहिलो ६ महिनामा वृद्धि

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले २०२० को पहिलो छ महिनामा गत वर्षको तुलनामा १३.१ प्रतिशत बढी आम्दानी गरेको छ ।

कम्पनीलाई विश्वव्यापीरुपमा विभिन्न देशहरूले यसको उपकरण र स्मार्टफोनको प्रयोग र बिक्रीमा रोक लगाए पनि कोभिड-१९ महामारीको बीच कम्पनीले आम्दानीमा वृद्धि भएको कम्पनीले सोमबार जानकारी दिएको हो ।

सो अवधिमा फर्मको आम्दानी ४५४ अर्ब युआन अर्थात ६४.८८ अर्ब डलर पुगेको छ । कुल आम्दानीको आधारमा यसको क्यारियर, इन्टरप्राइज र उपभोक्ता व्यवसायहरू क्रमशः ३५ प्रतिशत, ८ प्रतिशत र ५६ प्रतिशतले बढेको छ ।

कम्पनीको खुद नाफा मार्जिन ९.२ प्रतिशत रहेको छ । र यो गत वर्षको सोही अवधिमा ८.७ प्रतिशतको तुलनामा हल्का वृद्धि भएको हो ।

कम्पनीको आम्दानीमा वृद्धि भएपनि के कारणले वृद्धि भयो भन्ने स्पष्ट बताएको छैन् ।

तर कोभिड १९ महामारीमाका बिच ‘सूचना र सञ्चार प्रविधिहरू’ – यसको व्यवसायको मुख्य फोकस- ‘भाइरससँग लड्नका लागि केवल महत्वपूर्ण उपकरण मात्र भएको छैन। यो आर्थिक पुन प्राप्तिको लागि एक ईन्जिन पनि भएको छ,’ ह्वावेले भनेको छ ।

कम्पनीको आम्दानीमा वृद्धि भएको खबर अमेरिकाले बेलायतलाई आफ्नो नेटवर्कबाट ह्वावेलाई हटाउन दबाब दिईरहेको बेला आएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: ३० असार २०७७, मंगलवार